राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेसा (नेपाल ईस्पोर्टससंघ)का विच आज बुधबार राष्ट्रिय खेलकुद परिषद्मा भेटवार्ता भएको छ ।
संघका अध्यक्ष सुरज डङ्गोलको नेतृत्वमा भएको भेटघाटमा मित्र राष्ट्र चीनमाआयोजना हुने १९ औं एशियन गेम्समा ईस्पोर्टसको सहभागिताका सम्वन्धमा र आगामी दिनमा परिषदबाट प्राप्त गर्न सक्ने विविध सहयोगका बारेमा छलफल भएको थियो ।
सदस्य सचिव घिसिङले ईस्पोर्टसको विकास र विस्तारमा परिषद्ले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने बिश्वास दिलाउनुभयाे ।