‘म्यानहन्ट इन्टरनेशन’ मा नेपालको प्रतिनिधित्व गर्दै बिकल्प राज श्रेष्ठ • Nepal's Trusted Digital Newspaper‘म्यानहन्ट इन्टरनेशन’ मा नेपालको प्रतिनिधित्व गर्दै बिकल्प राज श्रेष्ठ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘म्यानहन्ट इन्टरनेशन’ मा नेपालको प्रतिनिधित्व गर्दै बिकल्प राज श्रेष्ठ

‘म्यानहन्ट इन्टरनेशन’ मा नेपालको प्रतिनिधित्व गर्दै बिकल्प राज श्रेष्ठ

  • समाचारपाटी
  • शनिबार, अशोज ८, २०७९
‘म्यानहन्ट इन्टरनेशन’ मा नेपालको प्रतिनिधित्व गर्दै बिकल्प राज श्रेष्ठ

काठमान्डौँ । ‘म्यानहन्ट नेपाल २०२२’ बिकल्प राज श्रेष्ठ फिलिपिन्स उड्नुभएकाे छ । फिलिपिन्सको मनिलामा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता ‘म्यानहन्ट इन्टरनेशन २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न बिकल्प शुक्रबार मध्यान्न त्यसतर्फ उड्नुभएकाे हाे ।

श्रेष्ठलाई प्रतियोगीतामा ग्रुपअफ इभेन्ट इन्टरटेनसले पठाएको हो । इन्टरटेनसले श्रेष्ठलाई ‘म्यानहन्ट नेपाल २०२२’ को ताज सहित
आधिकारिकता प्रदान गर्दै त्यसतर्फ पठाएको हो । इन्टरटेनस ‘म्यानहन्ट इन्टरनेशन’ मा नेपाली प्रतिनिधि पठाउने नेपालको आधिकारीक संस्था हो । यसले २००३ बाट यो प्रतियोगीतामा नियमित प्रतिनिधि पठाउँदै आएको ग्रुपअफ इभेन्ट इन्टरटेनस सिइयो अनुप सेक्सनाले बताउनुभयाे ।

४० बिभिन्न राष्ट्रका प्रतिनिधिले सहभागीता जनाउने प्रतियोगीतामा श्रेष्ठ नेपालको एक्लो सहभागी हुनुहुन्छ । बिषेश गरेर मोडलिङ बिधालाई फोकस गर्ने ‘म्यानहन्ट इन्टरनेशन’ ले यसपटक सुपर मोडल भनेर विजेता छान्दैछ । यो पुरुषहरु सहभागीता रहने प्रतिस्ठित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता पनि हो ।

यस अगाडि नेपालबाट यो प्रतियोगीतामा प्रशान्त ताम्राकार, अनुप बिक्रम शाही लगायतले समेत सहभागीता जनाएका थिए । २०१७ मा मिस्टर कलेज चितवन जित्नुभएका बिकल्पले २०१८ मा मिष्टर नेपालको उपाधि हात पार्नुभएकाे थियाे ।

प्रतियोगीतामा बिकल्पलाई भोट पनि गर्न सकिने छ । त्यसका लागि तलको लिङबाट भोट गर्न सकिनेछ ।

 

305035638 5454988431250543 4569716542662050185 n 307989869 822270619137107 96170264165947520 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका