नाडा इभी शोमा हिरो इलेक्ट्रिक स्कुटर खरिद गर्न चाहनेका लागि आकर्षक अफरको व्यवस्था • Nepal's Trusted Digital Newspaperनाडा इभी शोमा हिरो इलेक्ट्रिक स्कुटर खरिद गर्न चाहनेका लागि आकर्षक अफरको व्यवस्था • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नाडा इभी शोमा हिरो इलेक्ट्रिक स्कुटर खरिद गर्न चाहनेका लागि आकर्षक अफरको व्यवस्था

नाडा इभी शोमा हिरो इलेक्ट्रिक स्कुटर खरिद गर्न चाहनेका लागि आकर्षक अफरको व्यवस्था

  • समाचारपाटी
  • शुक्रबार, अशोज ७, २०७९
नाडा इभी शोमा हिरो इलेक्ट्रिक स्कुटर खरिद गर्न चाहनेका लागि आकर्षक अफरको व्यवस्था

काठमान्डौं । काठमान्डौँको भृकुटीमण्डपमा संचालन भइरहेको नाडा ईभी एक्सपोमा हिरो इलेक्ट्रिक स्कुटर बुकिङ गरी खरिद गर्न चाहनेका लागि आकर्षक अफरको व्यवस्था गरिएको छ ।

हिरो इलेक्ट्रिकका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इलेक्ट्रिक मोबिलिटी प्रालिले उक्त अफर ल्याएको हो ।

नाडा ईभी अटो शोको स्टल नम्बर सी७ मा हिरो इलेक्ट्रिकको स्टल देख्न सकिन्छ । कम्पनीले उक्त स्टलमा आएर हिरो इलेक्ट्रिक स्कुटर बुकिङ गरी खरिद गर्न चाहने ग्राहकका लागि नगदसहित आकर्षक गिफ्ट प्रदान गर्ने जनाएको छ ।

एक्स्पो सम्पन्न भएपछि लक्की ‘ड्र’मार्फत एक जना ग्राहकलाई जर्मन ब्रान्ड बोस वासिङ मेसिन प्रदान गरिने छ भने ईभी एक्सपोमार्फत नै ग्राहकले ९ हजार ९९९ रुपैयाँमा यी स्कुटर बुकिङ गर्न सक्ने बताएको छ । त्यसैगरी २५ हजार रुपैयाँ सम्मको आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिने छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका