‘हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमण्ड छैन, तर कोहीमा बढो अहंकार हुँदो रहेछ':-माधवकुमार नेपाल • Nepal's Trusted Digital Newspaper‘हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमण्ड छैन, तर कोहीमा बढो अहंकार हुँदो रहेछ':-माधवकुमार नेपाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमण्ड छैन, तर कोहीमा बढो अहंकार हुँदो रहेछ’:-माधवकुमार नेपाल

‘हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमण्ड छैन, तर कोहीमा बढो अहंकार हुँदो रहेछ’:-माधवकुमार नेपाल

  • समाचारपाटी
  • शुक्रबार, अशोज ७, २०७९
‘हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमण्ड छैन, तर कोहीमा बढो अहंकार हुँदो रहेछ’:-माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डीको संज्ञा दिनुभएको छ ।

बिहीवार काठमान्डौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले अध्यक्ष ओलीप्रति इंगित गर्दै घमण्डीको संज्ञा दिनुभएको हो । उहाँले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै घमण्ड नरहेको उल्लेख गर्दै कोही भने धेरै घमण्डी भएको बताउनु भयो । उहाँलै मान्छेहरु पैसा, बल, ज्ञान, सत्ता वा कुनै कुराले घमण्डी बन्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमण्ड छैन, तर कोहीमा बढो अहंकार हुँदो रहेछ । त्यो घमण्डी नभएर अहंकार नभएर सरल जीवन बतिाउने कुरा ठूलो कुरा हो । मान्छेहरु पैसाको अहंकारले मात्तिएका हुन्छन्, कि सत्ताको अहंकारले मात्तिएका हुन्छन् । कि बलको अहंकारले मात्तिएका हुन्छन् । कि ज्ञानको अहंकारले मात्तिएका हुन्छन् । केही चिजले मात्तिएका हुन्छन् । क्वालिट भएर पनि विनम्र छ भने त्यो मान्छे नै सबैको पूज्य हुन्छ । स्व. थापा पनि त्यस्तै विनम्र हुनुहुन्थ्यो ।’ अध्यक्ष नेपालले स्व. थापामा विद्वतासँगै विनम्रताको उदाहरण रहेको बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका