‘कटुवाल प्रकरणमा सूर्यबहादुरले पनि भुमिका खेल्नुभएको रहेछ, त्यो उहाँले स्वीकार गर्नुभएको छ':-डा. बाबुराम भट्टराई • Nepal's Trusted Digital Newspaper‘कटुवाल प्रकरणमा सूर्यबहादुरले पनि भुमिका खेल्नुभएको रहेछ, त्यो उहाँले स्वीकार गर्नुभएको छ':-डा. बाबुराम भट्टराई – Nepal's Trusted Digital Newspaper ‘कटुवाल प्रकरणमा सूर्यबहादुरले पनि भुमिका खेल्नुभएको रहेछ, त्यो उहाँले स्वीकार गर्नुभएको छ':-डा. बाबुराम भट्टराई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘कटुवाल प्रकरणमा सूर्यबहादुरले पनि भुमिका खेल्नुभएको रहेछ, त्यो उहाँले स्वीकार गर्नुभएको छ’:-डा. बाबुराम भट्टराई

‘कटुवाल प्रकरणमा सूर्यबहादुरले पनि भुमिका खेल्नुभएको रहेछ, त्यो उहाँले स्वीकार गर्नुभएको छ’:-डा. बाबुराम भट्टराई

  • समाचारपाटी
  • शुक्रबार, अशोज ७, २०७९
‘कटुवाल प्रकरणमा सूर्यबहादुरले पनि भुमिका खेल्नुभएको रहेछ, त्यो उहाँले स्वीकार गर्नुभएको छ’:-डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालिन माओवादी पार्टीले नेपाली सेनालाई कब्जा गर्न नखोजेको बताउनुभएको छ । बिहीवार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले तत्कालिन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको प्रष्ट्याउनु भएको हो । माओवादी नेतृत्वको पहिलो सरकारले तत्कालिन प्रधानसेनापति रुकमाङ्गद कटुवाललाई कारबाहीको पत्र दिएपछि माओवादीले सरकार नै छोड्नुपरेको थियो । पुस्तकमा भएको प्रसंगलाई उल्लेख गर्दै उहाँले माओवादीले नेपाली सेनालाई जनताप्रति निष्ठावान बनाउने प्रयत्न गरेको बताउनु भयो । त्यतिखेर राष्ट्रपतिले सेनापतिलाई थमौति दिएर असंवैधानिक कदम चालेको र असंवैधानिक कदमको शुरुवात नै त्यहीँदेखि भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘कटुवाल प्रकरणमा उहाँले पनि भुमिका खेल्नुभएको रहेछ । त्यो उहाँले स्वीकार गर्नुभएको छ । त्यतिबेला हामीले के आगो ल्याइयो भने माओवादीले सेना नै कब्जा गर्न खोजेका थिए । वास्तवमा दुइवटा सेनाको ठिक ढंगले समायोजन गरेर सेनाको लोकतान्त्रिकरण गर्दै राजाप्रति निष्ठावान भएको जुन सेना छ, त्यो अब जनताप्रति निष्ठावान हुनुपर्छ भन्ने मात्रै हाम्रो प्रयत्न थियो । तर जुन एउटा भाष्य निर्माण गरिएको छ, माओवादीले त्यो सेना नै कब्जा गर्न खोजेको थियो त्यही कारणले गर्दा मन्त्रीपरिषद्ले गरेको निर्णयलाई पनि असंवैधानिक तरिकाले अहिले राष्ट्रपतिले असंवैधानिक कदम पछिल्लो त आएको छ । तर असंवैधानिक कदमको शुरुवात त्यतिबेलै भएको थियो । त्यसैलाई पनि उहाँले अलिकति यहाँ राख्नुभएको छ । त्यसले इतिहासप्रति न्याय गर्दैन किनकी त्यो सत्य थिएन ।’

उहाँले तत्कालिन बिद्रोही माओवादी र सत्तारुढ दलहरुका बिचमा भएको १२ बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप नगरेको बताउनु भयो । उहाँले १२ बुँदे समझदारीको शुरुवात नेपाली राजनीतिक दलहरुले नै गरेको उल्लेख गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका