‘सुपर शोको’ ब्रान्डको दुई मोटरसाइकल नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता • Nepal's Trusted Digital Newspaper‘सुपर शोको’ ब्रान्डको दुई मोटरसाइकल नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘सुपर शोको’ ब्रान्डको दुई मोटरसाइकल नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

‘सुपर शोको’ ब्रान्डको दुई मोटरसाइकल नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

  • समाचारपाटी
  • शुक्रबार, अशोज ७, २०७९
‘सुपर शोको’ ब्रान्डको दुई मोटरसाइकल नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमान्डौँ । नेपाली बजारमा ‘सुपर शोको’ ब्रान्डको दुई वटा नयाँ विद्युतीय मोटरसाइकल सार्वजनिक भएको छ । ‘सुपर शोको’ ब्रान्डका लागि नेपालको आधिकारिक बिक्रेता डी लाइफ स्टाइलले नाडा इभी एक्स्पोमा ‘स्ट्रिट हन्टर’ र ‘टीसी वन्डरर’ मोडेलका मोटरसाइकल सार्वजनिक गरेको हो ।

स्पोर्ट्स डिजाइनमा निर्माण भएको विद्युतीय मोटरसाइकल “स्ट्रिट हन्टर” आकर्षक र बोल्ड डिजाइनमा देखिन्छ । २.५ किलोवाट क्षमताको मोटर जडान भएको यो मोटरसाइकल सिंगल र डबल ब्याट्री विकल्प सहित उपलब्ध छ ।

यो मोटरसाइकलले सिंगल ब्याट्रीमा एक सय किलोमिटर अधिकतम रेन्ज र डबल ब्याट्रीमा दुई सय किलोमिटर अधिकतम रेन्ज दिने कम्पनीले दावी गरेको छ । ७५ किलोमिटर प्रति घण्टाको गतिमा गुड्ने यो मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स भने १८४ एमएम रहेको छ ।

स्ट्रिट हन्टरमा एलइडी डिआरएलसहितको हेडल्याम्प, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, एन्टी थेफ्ट अर्लाम सिस्टम, डबल डिस्क ब्रेक, यूएसबी चार्जिङ पोर्ट लगायतका अत्याधुनिक फिचर समाबेस गरिएको छ । यो मोटरसाइकललाई १० एम्पायरको चार्जिङ पोइन्टबाट चार्ज गर्दा ३.५ घण्टामा पूर्णरुपमा चार्ज गर्न सकिन्छ ।

स्ट्रिट हन्टरको अधिकतम भार क्षमता १५० किलोग्राम रहेको छ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य सिंगल ब्याट्री भेरियन्टमा तिन लाख ७९ हजार ९०० रुपैयाँ र डबल ब्याट्री भेरियन्टमा ४ लाख ७९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, सुपर सोको “टीसी वान्डरर” मोडलको मोटरसाइकलमा “स्ट्रिट हन्टर ”को जस्तै विशेषता, ब्याट्री र मोटर क्षमता रहेको छ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य सिंगल ब्याट्री भेरियन्टमा तीन लाख ८९ हजार ९०० रुपैयाँ र डबल ब्याट्री भेरियन्टमा चार लाख ८९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Super Soco TS Street Hunter premiere

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका