जुन देशमा बैंकमा पैसा राखेर १४ देखि १५ प्रतिशत आम्दानी दिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला • Nepal's Trusted Digital Newspaperजुन देशमा बैंकमा पैसा राखेर १४ देखि १५ प्रतिशत आम्दानी दिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जुन देशमा बैंकमा पैसा राखेर १४ देखि १५ प्रतिशत आम्दानी दिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला

जुन देशमा बैंकमा पैसा राखेर १४ देखि १५ प्रतिशत आम्दानी दिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला

  • समाचारपाटी
  • शुक्रबार, अशोज ७, २०७९
जुन देशमा बैंकमा पैसा राखेर १४ देखि १५ प्रतिशत आम्दानी दिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला

अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गर्ने प्रणालीको अन्त्य गर्ने बताउनुभएको छ ।
बिहीवार नाडा एक्स्पो–२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गरिन्छ त्यो देशमा  उत्पादन सम्भव नभएको बताउनु भयो । उहाँले बैंकमा पैसा राखेर ब्याज खाने समस्याको हल हुनुपर्ने बताउनु भयो । अर्थमन्त्री शर्माले जग्गामा लगाउँदा आम्दानी हुन्छ भने किन उत्पादनमा लगाउने भन्नाले उत्पादन वृद्धि हुन नसकेको बताउनु भयो । उहाँले अब बैंक तथा वित्तीय संस्था र व्यवसायीहरुले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबै अघि बढ्नुको विकल्प नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ जुन देशमा बैंकमा पैसा राखेर १४ देखि १५ प्रतिशत आम्दानी दिन पाइन्छ । त्यो देशमा उत्पादन सम्भव होला पक्कै पनि हुँदैन । हाम्रो यही समस्या हो । यो समस्यालाइ हल गर्नुछ । उद्योगमा लगानी गर्दा १० प्रतिशत आउँछ । बैंकमा राख्दा १३ प्रतिशत आउँछ भने उद्योगमा किन लगानी लगाउने जग्गामा लगायो भने दुई गुणा आउँछ । अब नीति बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने छ । अर्को हप्तासम्म सबै निकायसँग छलफल गरेर बैंकको ब्याज बढेको विषयमा समाधान गर्नेछौं ।’

अर्थमन्त्री शर्माले सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको बताउनु भयो । उहाँले राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन शुरु भएको बताउनु भयो । मन्त्री शर्माले समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने बताउनु भयो । उहाँले नेपाल पनि विद्युतीय सवारीमा रुपान्तरण हुनुपर्ने भन्दै नाडा समेत तयार हुनुपर्ने बताउनु भयो । मन्त्री शर्माले अबको एक दशकपछि नेपाल हाइड्रोबाट चल्ने सावारीमा जाने दाबी गर्नुभयो । अर्थमन्त्री शर्माले अहिलेको नाडा इभी अटो प्रदर्शनी मात्र नभई वर्तमान आवश्यकता भएको बताउनु भयो । उहाँले नेपालको सन्दर्भमा करीव ३ खर्बको पेट्रोलियम इन्धन आयात हुने गरेकोे १६८ अर्बको डिजेल आयात भएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले अब नेपालमा नै विद्युतीय गाडीहरु बनाउनुपर्ने बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले नेपालमा नै विद्युतीय गाडीहरु बनाउने उद्योग चलाए उद्योगको लागि ब्याजमा, बिजुलीमा वा भन्सारमा सहयोग गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले नेपालमा नै एसेम्बल उद्योग स्थापना गर्ने व्यसायीलाई सरकारको नीति तथा कार्यक्रमले सहुलियत दिने स्पष्ट पारेको बताउनु भयो । उहाँले सवारी साधन उत्पादन गर्ने, एसेम्बल गर्ने नयाँ उद्योगहरुहरुलाई छुटको व्यवस्था दिइएको बताउनु भयो । मन्त्री शर्माले चार पाङ्ग्रे गाडी उत्पादन गर्ने उद्योग स्थापना भएमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताउनु भयो ।

बिहीवारदेखि काठमान्डौंको भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको प्रदर्शनी शुरु भएको छ । प्रदर्शनीमा ९ वटा ब्राण्डका विद्युतीय कार र १६ वटा ब्राण्डका विद्युतीय स्कुटर तथा बाइकले सहभागिता जनाएका छन् । धेरै जसो कम्पनीहरुले नयाँ स्कुटर तथा बाइकहरु मात्र सार्वजनिक गर्ने योजना बनाएका छन् । स्टल निर्माण तथा बुकिङको लागि कम्पनीहरुले २० लाखदेखि ३० लाख रुपैयाँसम्म खर्च गरेका छन् । इभी सवारी स्टल राख्ने कम्पनीले नेक्सन इभीमा बिक्रीमा आकर्षक योजना ल्याएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका