'अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्नेगरी धावनमार्ग निर्माण गर्नुपर्छ':-मेटमणि चौधरी • Nepal's Trusted Digital Newspaper'अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्नेगरी धावनमार्ग निर्माण गर्नुपर्छ':-मेटमणि चौधरी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्नेगरी धावनमार्ग निर्माण गर्नुपर्छ’:-मेटमणि चौधरी

‘अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्नेगरी धावनमार्ग निर्माण गर्नुपर्छ’:-मेटमणि चौधरी

  • समाचारपाटी
  • शुक्रबार, अशोज ७, २०७९
‘अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्नेगरी धावनमार्ग निर्माण गर्नुपर्छ’:-मेटमणि चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भएपनि बन्नुपर्ने बताउनुभएको छ । बिहीवार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताउनु भयो । मन्त्री चौधरीले दाङका नेताहरु मन्त्री हुँदा समेत विमानस्थल बनाउन नसक्दा दुःख लागेको बताउनु भयो । उहाँले टरिगाउँ विमानस्थलमा हरेकपटक मन्त्रीहरु आउने प्रतिवद्धता जनाउने तर काम नगरेको आरोप लगाउनु भयो । मन्त्री चौधरीले विमानस्थल निर्माणको लागि तुलसीपुर उपमहानगरपालिकाका मेयर र सम्बन्धित जनप्रतिनिधिहरुले सबै भन्दा बढी चासो राख्नुपर्ने बताउनु भयो । उहाँले विमानस्थल बिस्तारको बजेटका लागि आफूहरुले पहल गर्ने र सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीले अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्नेगरी धावनमार्ग निर्माण गरेर चाडै विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने बताउनु भयो । उहाँले अब टेक्नोलोजीको समस्यालाई देखाएर वा बहाना बनाएर विमानस्थल सञ्चालन नहुने विषय सह्य नहुने चेतावनी दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका