स्वर्गिय बलराम परिवारलाई एलआईसी नेपालको मृत्यू दावी भुक्तानी • Nepal's Trusted Digital Newspaperस्वर्गिय बलराम परिवारलाई एलआईसी नेपालको मृत्यू दावी भुक्तानी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्वर्गिय बलराम परिवारलाई एलआईसी नेपालको मृत्यू दावी भुक्तानी

स्वर्गिय बलराम परिवारलाई एलआईसी नेपालको मृत्यू दावी भुक्तानी

  • समाचारपाटी
  • शुक्रबार, अशोज ७, २०७९
स्वर्गिय बलराम परिवारलाई एलआईसी नेपालको मृत्यू दावी भुक्तानी

पाेखरा । पोखरा महानगरपालिका वडा नं. २७ निवासी स्वर्गिय बलराम लामिछानेका परिवारलाई विहिबार एलआईसी नेपाल लिमिटेडले मृत्यू दावी वापतको चेक हस्तान्तरण गरेको छ ।

स्वर्गिय लामिछानेकी पत्नी गोमा कुमारी लामिछानेलाई पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा र एलआईसी नेपाल लेखनाथ शाखाका प्रमुख सुरज भट्टले विमा वापत दुई लाख ७२ हजार ८ सय रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।

मृत्यूदावी चेक हस्तान्तरण गर्दै, वडाध्यक्ष थापाले लामिछानेले परिवारले असल अभिभावक गुमाएकोमा दुःख व्यक्त गर्दै, मृत्यू दावी वापतको रकमले परिवारलाई थोरै भएपनि आर्थिक सुरक्षा प्रदान गरेको बताउनुभयाे ।

अध्यक्ष थापाले न्यून र मध्यम बर्गिय परिवारमा विमाको पहुच पुग्नु पर्ने उल्लेख गर्दै, विमा सचेतना कार्यक्रम संचालन गर्न जोड दिए ।
एलआईसी नेपाल लेखनाथ शाखाका प्रमुख सुरज भट्टले स्वर्गिय लामिछानेको परिवारमा अभिभावक नहुँदाको पिडामा आर्थिक सुरक्षणका रुपमा विमाको रकमले सानो भएपनि योगदान दिएको बताउनुभयाे ।

उहाँले विमाको विषयमा गलत वुझाई हुँदा अझै पनि ठुलो संख्या विमाको पहुँच भन्दा बाहिर रहेको बताउनुभयाे । लामिछानेको पोखरा महानगरपालिकामा नायव सुब्बाका रुपमा कार्यरत रहँदा गत माघमा निधन भएको थियो । साविक लेखनाथ नगरपालिकाले लामिछानेको दुई लाँख रुपैँया विमाङ्कको दश बर्षे सावधिक जीवन बिमा गरिदिएको थियो । लामिछानेलेको सात किस्ता रकम तिरेपछि निधन भएको थियो । चेक हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २६ का वडा सदस्य तिर्थबहादुर राजभाट, वडा सचिव मिना भट्टराई भण्डारी, कर्मचारीहरु लिलामणि भण्डारी र नवराज सापकोटाको सहभागिता रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका