सेगवे ई ११० सार्वजनिक, मूल्य ३ लाख ५० हजार मात्रै • Nepal's Trusted Digital Newspaperसेगवे ई ११० सार्वजनिक, मूल्य ३ लाख ५० हजार मात्रै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सेगवे ई ११० सार्वजनिक, मूल्य ३ लाख ५० हजार मात्रै

सेगवे ई ११० सार्वजनिक, मूल्य ३ लाख ५० हजार मात्रै

  • समाचारपाटी
  • बिहिबार, अशोज ६, २०७९
सेगवे ई ११० सार्वजनिक, मूल्य ३ लाख ५० हजार मात्रै

काठमान्डौं । विद्युतीय स्कुटर सेगवे नाइनवटको लागि नेपालको आधिकारीक वितरक आई हव प्रालिले नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले नाडा ईभी एक्स्पोमा सेगवे ई ११० विद्युतीय स्कुटर सार्वजनिक गरेको हो ।

२४०० वाट क्षमताको मोटर जडान भएको ई ११० एसमा १७२८ डब्लुएच क्षमताको लिथियम टेलर्ड लिथियम ब्याट्री दिएको छ । यो ब्याट्रीलाई पूर्णरुपमा चार्ज गर्न ८ देखि ९ घण्टा समय लाग्छ र एकपटकको सिंगल चार्जमा न्युनतम ६० किलोमिटर देखि ११० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

दुवै ह्वीलमा हाइड्रोलिक डिस्क ब्रेक, इलेक्ट्रोनिक ब्रेकिङ सिस्टम र सबै प्रकारका लाइटहरु एलइडी रहेको ई ११० मा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर रहेको छ ।

साथै, यसमा यूएबी चार्जिङ पोर्ट, स्मार्ट ह्यान्डलबार लक, पार्किङ सेन्सर, कनेक्टिभिटी फिचर, १२ इन्च अलोय ह्वील, राइडिङ मोड, क्रुज कन्ट्रोल लगायतका फिचर समेत पाउन सकिन्छ ।

यो स्कुटरले ८८ एनएम टर्क उत्पादन गर्दछ । कम्पनीले यो विद्युतीय स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ ।

WhatsApp Image 2022 09 22 at 3.07.56 PM 2 WhatsApp Image 2022 09 22 at 3.08.12 PM

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका