विद्युतिय स्कुटर ओला नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ३ लाख ७५ हजार (फोटोफिचर) • Nepal's Trusted Digital Newspaperविद्युतिय स्कुटर ओला नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ३ लाख ७५ हजार (फोटोफिचर) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विद्युतिय स्कुटर ओला नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ३ लाख ७५ हजार (फोटोफिचर)

विद्युतिय स्कुटर ओला नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ३ लाख ७५ हजार (फोटोफिचर)

  • समाचारपाटी
  • बिहिबार, अशोज ६, २०७९
विद्युतिय स्कुटर ओला नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ३ लाख ७५ हजार (फोटोफिचर)

काठमान्डौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले ओलाका दुई स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि सुरु भएको नाडा ईभी एक्स्पोमा राइड एण्ड सेयरिङ कम्पनी ओलाले उत्पादन गरेको एस वान र एस वान प्रो मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको यी दुई स्कुटरमा नै ८.५ किलोवाट क्षमताको मोटर जडान भएको छ भने ब्याट्री एस वानमा २.९८ किलोवाट आवर र प्रोमा ३.९७ किलोवाट आवर रहेको छ ।

यी दुबै स्कुटरले ५८ एनएम टर्क उत्पादन गर्दछ । कम्पनीले एस वान स्कुटरको मूल्य ३ लाख ७५ हजार र एस वान प्रोको मूल्य ४ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ ।

दुबै स्कुटरमा अगाडि २२० एमएमको डिस्क र पछाडि १८० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ । १२ इन्चको अलोय ह्वील, ट्यूवलेस टायर, अगाडि सिंगल फर्क र पछाडि मोनोसक सस्पेन्स पाउन सकिन्छ । दुबै स्कुटरमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध हुनेछ । दुई स्कुटरमा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको छ ।

WhatsApp Image 2022 09 22 at 3.07.47 PM WhatsApp Image 2022 09 22 at 3.07.48 PM 2 1 WhatsApp Image 2022 09 22 at 3.07.50 PM 1 WhatsApp Image 2022 09 22 at 3.07.52 PM 1विद्युतिय स्कुटर

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका