जिडब्लुएम हाभल जोलायनले पायो फाइभ-स्टार सेफ्टी रेटिङ • Nepal's Trusted Digital Newspaperजिडब्लुएम हाभल जोलायनले पायो फाइभ-स्टार सेफ्टी रेटिङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जिडब्लुएम हाभल जोलायनले पायो फाइभ-स्टार सेफ्टी रेटिङ

जिडब्लुएम हाभल जोलायनले पायो फाइभ-स्टार सेफ्टी रेटिङ

  • समाचारपाटी
  • बिहिबार, अशोज ६, २०७९
जिडब्लुएम हाभल जोलायनले पायो फाइभ-स्टार सेफ्टी रेटिङ

काठमान्डौँ । ग्रेटवाल मोटरको हाभल जोलायनलार्ई प्रतिष्ठित एएनसीपी सेफ्टी रेटिङमा फाइभ–स्टार प्राप्त भएको छ । जिडब्लुएम हाभल जोलायन लाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनसीपी) द्वारा अधिकतम फाइभ–स्टार सेफ्टी रेटिङ प्रदान गरिएको हो ।

यस परीक्षणमा जिडब्लुएम हाभल जोलायनलाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राईभर र यात्रुको सुरक्षको परीक्षण गरिएको थियो । साथै, अरु गाडीसँग ठोकिदा, पैदलयात्री तथा साईकल चालकहरुको सुरक्षाकालागि पनि मुल्यांकन गरी उक्त रेटिङ प्रदान गरिएको हो ।

एएनसीपी का प्रमुख कार्यकारी अधिकृत कार्ला हुरवेगले भन्छन्, “एएनसीपी सेफ्टी रेटिङ, एएनसीपी को २०२०–२०२२ प्रोटोकल अन्तर्गत कडा परीक्षण र जाँच पछि दिईएको हो । हाभल जोलायन जि.डब्लु.एमका गाडीहरुमा यो फाईभ स्टार रेटिङ पाउने तेस्रो गाडी भएको छ”।

थर्ड जेन हाभल एच् सिक्स र जिडब्लुएम पिक -अप क्यानन (केही अन्य अन्तर्राष्ट्रिय बजारहरूमा पावर वा पी-सिरिज पनि भनिन्छ) ले पहिले नै एएनसीपी बाट फाईभ स्टार रेटिङ प्राप्त गरिसकेका छन् ।

जिडब्लुएम गाडीले सुरक्षामा दिएको जोड र यस सम्बन्धित सुविधा तथा फिचरहरुका साथ प्रिमियम ड्राइभबिलिटीले विश्वभरका उपभोक्ताको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका