'एमालेको विजय अभियानलाई रोक्नको लागि सत्ता गठबन्धनबाट षड्यन्त्र गरेको छ':-शंकर पोखरेल • Nepal's Trusted Digital Newspaper'एमालेको विजय अभियानलाई रोक्नको लागि सत्ता गठबन्धनबाट षड्यन्त्र गरेको छ':-शंकर पोखरेल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘एमालेको विजय अभियानलाई रोक्नको लागि सत्ता गठबन्धनबाट षड्यन्त्र गरेको छ’:-शंकर पोखरेल

‘एमालेको विजय अभियानलाई रोक्नको लागि सत्ता गठबन्धनबाट षड्यन्त्र गरेको छ’:-शंकर पोखरेल

  • समाचारपाटी
  • बिहिबार, अशोज ६, २०७९
‘एमालेको विजय अभियानलाई रोक्नको लागि सत्ता गठबन्धनबाट षड्यन्त्र गरेको छ’:-शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ । बिहीवार एमाले केन्द्रिय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताउनुभएको हो । उहाँले गठबन्धलेरुपमा नागरिकताको विषयलाई षडयन्त्रका रुपमा एमाले बिरुद्धमा प्रयोग गर्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको आरोप लगाउनु भयो । महासचिव पोखरेलले नागरिकताका विषयमा एमालेको स्पस्ट घारणा रहेको दाबी गर्नुभयो । उहाँले राष्ट्रपतिले नागरिकताको विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने आशयलाई गठबन्धनले उपेक्षा गरेको बताउनु भयो । उहाँले अहिले नागरिकतामा वैवाहिक अंगीकृतको विषय प्रमुख रहेको भन्दै आफ्ना चेलीहरूको बारेमा अरु देशमा के व्यवस्था छ भन्ने कुरा हेर्न गठबन्धनलाई आग्रह गर्नुभयो ।

पोखरेलले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनमा रहेका नेताहरुले नै अवरोध गरेको उल्लेख गर्नुभयो । महासचिव पोखरेलले ओली नेतृत्वको सरकारले जन्मसिद्ध सन्तानको हक स्थापित गर्न अध्यादेशमार्फत नागरिकता ऐन जारी गरेको जिकिर गर्नुभयो । उहाँले जन्मसिद्ध सन्तानको हक स्थापित गर्नखोज्दा अहिलेको सत्ता गठबन्धनले अदालतबाट रोकेको आरोप पनि लगाउनु भयो । उहाँले गठबन्धनले अदालतमा मुद्दा हालेर अध्यादेश नरोकेको भए अहिले जन्मसिद्धका सन्तानले नागरिकता सहजरुपमा आउने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ एमालेको विजय अभियानलाई रोक्नको लागि सत्ता गठबन्धनबाट षड्यन्त्र गरेको छ । सत्तागठबन्धनले नागरिकताको विषयमा एमालेलाई रोक्ने हतियारको रुपमा हेरेको छ । नेकपा एमाले नागरिकताको विषयमा सधैँ स्पष्ट छ । नेपाली नागरिकहरुले नागरिकताको अधिकार प्राप्त गर्नुपर्छ । जन्मसिद्ध नागरिकका सन्तानहरुले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने सुनिश्चितताको लागि अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला अध्यादेशको माध्यमबाट नागरिकता पाउनबाट वञ्चित भएका थिए । उनीहरुको हकलाई सुनिश्चित गर्न एमालेको सरकारले अध्यादेश जारी गरेको थियौं । त्यसलाई रोक्नेहरुले अहिले एमालेले अवरोध सिर्जना गरेको प्रचार गर्दैछन् । राष्ट्रपतिको नागरिकता जस्तो संवेदनशिल विषयलाई समयमा नै सम्बोधन गर्नुपर्छ भन्ने सन्देशको उपेक्षा गर्ने सरकारले गणतन्त्रमाथि प्रहार गरेको थियो । गणतन्त्रको प्रतिक भनेको राष्ट्रपति हो । राष्ट्रपतिका सन्देशहरुलाई उपेक्षा गर्ने पाँच दलिय गठबन्धनले राष्ट्रको हीतको नेतृत्व गर्न सक्दैन भन्ने कुरा बुझ्न जरुरी छ । अहिलेको वहसको विषय भनेको वैवाहिक अंगिकृतको विषय हो । अंगिकृत नागरिकताको विषयमा नेपाली चेलीहरु भारतमा गएर जति वर्ष नागरिकता पाउन समय कुर्नुपर्छ नेपालमा आउनेहरुले पनि केही समय कुर्नुपर्छ । नेपाली चेलीहरुको हकको विषयमा बोल्न सक्नुपर्छ सत्ता गठबन्धन । आफ्ना चेलीहरुको हकको विषयमा बोल्न नसक्ने पाँच दलिय गठबन्ध बाहिरबाट आउनेहरुको विषयमा वहस गर्छ । विवाहको लगत्तै नागरिकता दिने प्रचलन दक्षिण एशियामा कहाँ छ रु छिमेकीहरूले गरेको प्रवन्धमा एमाले छलफल गर्न तयार रहेको र समान व्यवस्था पक्षमा एमाले रहेको छ । पाँच दलिय सत्ता गठबन्धन सम्पूर्ण रुपमा असफल भएको छ ।’

महासचिव पोखरेलले राष्ट्रपतिले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो संसदबाहिरबाट गठबन्धनले चुनौती दिन खोजेको आरोप लगाउनु भयो । उहाँले राष्ट्रपतिले नागरिकताका विषयमा पठाएका सुझावमाथि छलफल नगरेर गठबन्धनले गणतन्त्र र संविधानमाथि प्रहार गरेको बताउनु भयो । उहाँले पाँच दलीय गठबन्धन सम्पूर्ण रुपमा असफल भइसकेको दाबीसमेत गर्नुभयो ।

Sequence 09.04 56 08 12.Still3828 Sequence 09.04 56 26 24.Still3830 Sequence 09.04 56 57 13.Still3831

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका