राष्ट्रिय युवा संघ मादी २ द्धारा आयोजित खुल्ला बास्केटबलको उपाधी कास्की जिल्ला बास्केटबल संघलाई • Nepal's Trusted Digital Newspaperराष्ट्रिय युवा संघ मादी २ द्धारा आयोजित खुल्ला बास्केटबलको उपाधी कास्की जिल्ला बास्केटबल संघलाई • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • राष्ट्रिय युवा संघ मादी २ द्धारा आयोजित खुल्ला बास्केटबलको उपाधी कास्की जिल्ला बास्केटबल संघलाई

राष्ट्रिय युवा संघ मादी २ द्धारा आयोजित खुल्ला बास्केटबलको उपाधी कास्की जिल्ला बास्केटबल संघलाई

  • समाचारपाटी
  • बिहिबार, अशोज ६, २०७९
राष्ट्रिय युवा संघ मादी २ द्धारा आयोजित खुल्ला बास्केटबलको उपाधी कास्की जिल्ला बास्केटबल संघलाई

पोखरा । राष्ट्रिय युवा संघ नेपाल मादी गाउँपालिका वडा नम्वर २ ले आयोजना गरेको प्रथम खुल्ला महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ कास्की जिल्ला बास्केटबल संघ र महिला तर्फ मर्दीखोला `ए’ ले जितेको छ । पोखरा १३ भद्रकाली खेलमैदानमा सम्पन्न पुरुषतर्फको फाइनल खेलमा ताङतिङ ए लाई ५८ – ५४ स्कोरले पछाडि पार्दै बास्केट वल संघ कास्कीले उपाधि हात पारेको हो । उपाधि संगै कास्की जिल्ला बास्केटबल संघले नगद ८० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

त्यसैगरि उपविजेता ताङतिङ ए ले नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्यो । प्रतियोगितामा कास्की जिल्ला बास्केटबल सघका निकेश मगर २५ स्कोर गर्दै हाई स्कोररको उपाधी संगै नगद र ट्रफी प्राप्त गरे । महिला तर्फ मर्दीखोला ए ले मर्दीखोला बी लाई ४९ – ११ स्कोरले पछाडि पार्दै प्रतियोगिताको उपाधि हात पारेको छ । उपाधि संगै मर्दीखोला ए ले नगद १५ हजार, शिल्ड मेडल र प्रमाणपत्र हात पारे । उपविजेता मर्दीखोला बीले नगद १० हजार, शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा मर्दीखोला ए का छिरिङ छ्योकि शेर्पाले १४ स्कोर गर्दै उत्कृष्ट स्कोरर संगै ट्रफी र नगद हात पारिन ।

प्रतियोगितामा महिला पुरुष गरि २७ टीमको सहभागीता रहेको थियो । प्रतियोगिताका बिजेताहरुलाई पोखरा १३ का निवर्तमान वडा तथा समाजसेवी दर्शन लामा, मादी गाउपालिकाका उपाध्यक्ष कल्पना गुरुङ, नेकपा एमाले जिल्ला कमिटी सदस्य झलक पोख्रेल, राष्ट्रिय युवा संघ नेपाल मादी गाउपालिका वडा नम्वर २ का अध्यक्ष क्षेत्र जंग गुरुङ, मादी गाउपालिका वडा नम्वर ६ का निवर्तमान अध्यक्ष पस वहादुर बास्तोला, मादी २ का पुर्व वडा अध्यक्ष एक्का जंग गुरुङ, युवा संघ मादी गाउपालिका अध्यक्ष उमेश गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १३ का निवर्तमान वडा अध्यक्ष दर्शन लामाले कालो धन थुपारेर अहिलेको सरकारका नेताहरुले बैंकमा तरलताको स्थिती उत्पन्न गराइरहेको वताउदै अहिलेको सरकार जनतालाई राहत दिने भन्दापनि जनतामाथी समस्याको चाङ थुपार्न उद्धत रहेको वताए ।

त्यसैगरी परमादेशको सरकारले भारतिय सेनामा भर्नाहुने युवाहरुलाई लक्षित गरी अग्निपथ भर्ना लिइ ४ वर्ष सर्भिस पश्चात अनुदान दिने काम बाट नेपाली युवाहरु पिडित बनिरहदा सरकार टुलु टुलु हेरेर बसिरहेको वताउदै अहिलेको सरकार राष्ट्रबाद र नेपाली युवाहरुको पक्षमा नरहेको वताउदै सम्पूर्ण युवाहरु राष्ट्रवादको पक्षमा उभिनु अहिलेको आवश्यक्ता रहेको वताए । नागरिकता विधेयकले नेपाली महिलाहरुलाई उपेक्षित गर्ने गरी विधेयक जारी भएकाले यो विधेयक राष्ट्रबादी त भएन भएन महिलामैत्री समेत नभएकाले यसको सवैले विरोध गर्नुपर्नेमा उनले जोड दिदै आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा राष्ट्रवादको पक्षमा सम्पूर्णलाई एकवद्ध भएर लाग्न समेत आग्रह गरे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका