आजबाट अस्थायी मतदाता नामावली संकलन गरिने • Nepal's Trusted Digital Newspaperआजबाट अस्थायी मतदाता नामावली संकलन गरिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजबाट अस्थायी मतदाता नामावली संकलन गरिने

आजबाट अस्थायी मतदाता नामावली संकलन गरिने

  • समाचारपाटी
  • बिहिबार, अशोज ६, २०७९
आजबाट अस्थायी मतदाता नामावली संकलन गरिने

आजबाट अस्थायी मतदाता नामावली संकलन गरिँदैछ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने चुनावका लागि निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको हो ।

अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ । सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा÷कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारबाट स्वीकृति लिइ सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्थाअनुरुप आयोगले तयारी गर्न लागेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका