नाडा इभि एक्स्पो २०२२मा “नाडा इभि चौतारी” आयोजना हुने • Nepal's Trusted Digital Newspaperनाडा इभि एक्स्पो २०२२मा “नाडा इभि चौतारी” आयोजना हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नाडा इभि एक्स्पो २०२२मा “नाडा इभि चौतारी” आयोजना हुने

नाडा इभि एक्स्पो २०२२मा “नाडा इभि चौतारी” आयोजना हुने

  • समाचारपाटी
  • बिहिबार, अशोज ६, २०७९
नाडा इभि एक्स्पो २०२२मा “नाडा इभि चौतारी” आयोजना हुने

काठमान्डौँ । राजधानीको भृकुटीमण्डपमा यहि आश्विन ६ गते देखि ९ गतेसम्म आयोजना हुने नाडा इभि एक्स्पो २०२२मा “नाडा इभि चौतारी” आयोजना हुने भएको छ ।

इभि एक्स्पो २०२२को समयावधि भित्र आश्विन ७ गते देखि ९ गते सम्म प्रत्येक दिन दिउसो २ बजे देखि ४ बजे सम्म युएसएडको सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको छ । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ ।

इभि चौतारीको पहिलो दिन ७ गते टेक्नोलोजी एण्ड इकोसिस्टमको बारेमा छलफल हुनेछ भने दोस्रो दिन ८ गते फाइनान्सियल एस्पेक्ट अफ इभिको बारेमा विभिन्न विज्ञहरु ले आ–आफ्नो धारणा राख्ने नाडा एक्स्पोको आयोजक कमिटीले जनाएको छ । त्यस्तै, कार्यक्रमको अन्तिम दिन ९ गते पोलिसिज फर प्रोमोटिङ इभि भन्ने बिषयमा छलफल हुनेछ ।

यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाड्ने चौतारी हुनेछ ।

कार्यक्रममा उपस्थितिको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सबैलाई सहभागिताको लागि अनुरोध गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका