दुई सय किलोमिटर रेन्ज दिने विद्युतीय स्कुटर सार्वजनिक, मूल्य २ लाख ४४ हजार मात्र • Nepal's Trusted Digital Newspaperदुई सय किलोमिटर रेन्ज दिने विद्युतीय स्कुटर सार्वजनिक, मूल्य २ लाख ४४ हजार मात्र • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दुई सय किलोमिटर रेन्ज दिने विद्युतीय स्कुटर सार्वजनिक, मूल्य २ लाख ४४ हजार मात्र

दुई सय किलोमिटर रेन्ज दिने विद्युतीय स्कुटर सार्वजनिक, मूल्य २ लाख ४४ हजार मात्र

  • समाचारपाटी
  • बुधबार, अशोज ५, २०७९
दुई सय किलोमिटर रेन्ज दिने विद्युतीय स्कुटर सार्वजनिक, मूल्य २ लाख ४४ हजार मात्र

काठमान्डौं । नेपाली बजारमा दुई सय किलोमिटर रेन्ज दिने विद्युतीय स्कुटर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो स्कुटर सार्वजनिक गरे ।

सो अवसरमा बोल्दै कार्यकारी निर्देशक घिसिङले नेपालमा हाल विद्युत पर्याप्त भएको र विद्युतीय उपकरणसँगै यस किसिमका सवारी साधनको प्रवर्दन गर्नुपर्ने बताउनुभयाे ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले विद्युतीय सवारी साधनको प्रवर्दन गर्दै तिनलाई आवश्यक पर्ने पूर्वाधारको निर्माणमा कम्पनी लागि परेको बताउनुभयाे ।

सुन्दर यातायात अन्तर्गतको सुन्दर ट्रेडर्स प्रालिले नेपाल ल्याएको फियाडो ब्रान्डको विद्युतीय स्कुटर आर्चरमा १५ सय वाटको हब मोटर जडान गरिएको छ भने ४८ भोल्टको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको ब्याट्रीको क्षमता १० किलोवाट आवर रहेको छ ।

यो स्कुटर एकपटक पूर्णरुपमा चार्ज गर्न ३ घण्टा ४५ मिनेट समय लाग्छ र सिंगल चार्जमा १२० किलोमिटर रेन्ज प्रदान गर्दछ । यसले ३५०० आरपीएममा ५।४४ किलोवाटको पिक पावर दिन्छ भने २९ एनएम टर्क जेनेरेट गर्छ । यसलाई ४५ किलोमिटर प्रतिघण्टाको गति सम्म चलाउन सकिन्छ ।

आर्चर स्कुटरमा ईबीएस अर्थात इलेक्ट्रिक ब्रेकिङ सिस्टम, डिजिटल डिस्प्ले स्पिडोमिटर, रिमोट लकिङ, एन्टी थेफ्ट बजर सिस्टम, हेभी ड्युटी फ्रेम बडी, ट्युबलेस टायर, अलोय ह्विल, डीआरएल सहितको एलईडी लाइट, युएसबी चार्जर, डिस्क ब्रेक लगायतका फिचर उपलब्ध रहेका छन् ।

यो स्कुटरलाई अधिकतम ६० किलोमिटर प्रति घण्टाको उच्च गतिमा गुडाउन सकिने ड्राइभिङ मोड, टर्क बुस्टर मोड, रिभर्स मोड, क्रुज मोड र पार्किङ मोड (स्विच)गरी ५ पावर मोडमा चलाउन सकिन्छ ।

सुन्दर ट्रेडर्स प्रालिले यो विद्युतीय स्कुटरको ब्याट्रीमा ३ वर्षको वारेन्टी उपलब्ध गराएको छ भने मर्मत निस्शुल्क दिने भएको छ । कम्पनीले यो स्कुटरको मूल्य नेपाली बजारका लागि २ लाख ४४ हजार रुपैयाँ निर्धारण गरेको छ ।

WhatsApp Image 2022 09 21 at 8.58.18 AM 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका