गायिका मेलिना राईको स्वर रहेको 'मझेरीमै नाच्न देऊ' गीत सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायिका मेलिना राईको स्वर रहेको 'मझेरीमै नाच्न देऊ' गीत सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायिका मेलिना राईको स्वर रहेको ‘मझेरीमै नाच्न देऊ’ गीत सार्वजनिक

गायिका मेलिना राईको स्वर रहेको ‘मझेरीमै नाच्न देऊ’ गीत सार्वजनिक

  • समाचारपाटी
  • बुधबार, अशोज ५, २०७९
गायिका मेलिना राईको स्वर रहेको ‘मझेरीमै नाच्न देऊ’ गीत सार्वजनिक

काठमान्डौँ । लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको ‘मझेरीमै नाच्न देऊ’ बोलको बालगीतको भिडियो रिलिज गरिएको छ । जसमा सुप्रसिद्ध कवि तथा गीतकार रामबाबु सुवेदीको शब्द तथा संगीतकार डिल्ली प्रसाद चापागाईंको संगीत रहेको छ । छुनामुना टुनाहरु, हृदयका गजुर, गजुरलाई म्वाईखाउँ मेरो हजुर जस्ता बाल लोकलयमा आधारित निकै नै मर्मस्पर्शी र सुनिरहँ जस्तो लाग्ने शब्द समावेश गीत रिलिज गरिएसँगै रामे प्रतिक्रिया आइरहेको गीतकार राम बाबु सुबेदी बताउँछन् ।

बी. बी. अनुरागीको एरेन्ज रहेको गीतको भिडियोको निर्देशन पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक आचार्य गोपालको निर्देशनमा तयार भएको भिडियोको निर्माण राम बाबु सुबेदीले गरेका हुन् ।

सार्वजनिक बाल गीतमा सुन्दर नगरी पोखराकी सानी नानी आयुष्मा भुजेलले मुख्य भूमिकामा अभिनय गरेकी छिन । जसमा स्थानीय बालबालिकाहरुको पनि अभिनय देख्न सकिन्छ चिसंखुका बाल कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

सार्वजनिक भिडियोमा कोरियोग्राफर साहारा कोइराला , छायाँकन सुजय गौतम , सम्पादन चानस पुन मगरको रहेको छ । सार्वजनिक बाल गीत राम बाबु सुबेदीको अफिसियल युटुब च्यानलबाट दर्शकमाझ ल्याइएको हो भने भिडियोको प्रायोजक छबिलाल सुबेदी र बिमला सुबेदी रहेका छन् ।

बाल साहित्य र बाल गीतमा बिगत ५० वर्ष देखि कलम चलाउदै आउनु भएका सुबेदीका आइताबारै बिहानै घाम सित उठे म , मेरो गाउँ ज्यामिरे लगाएत सयौ बाल गीतहरु हिट छन् । उनी जीवनको ८१ वर्षमा पनि बाल साहित्य र बाल गीत लेखनीमा सक्रिय गीतकार हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका