शिवशक्ति क्याम्पसको सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला निर्वाचित • Nepal's Trusted Digital Newspaperशिवशक्ति क्याम्पसको सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला निर्वाचित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शिवशक्ति क्याम्पसको सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला निर्वाचित

शिवशक्ति क्याम्पसको सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला निर्वाचित

  • समाचारपाटी
  • बुधबार, अशोज ५, २०७९
शिवशक्ति क्याम्पसको सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला निर्वाचित

पोखरा महानगरपालिका वडा नं ११ स्थित शिवशक्ति क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा टुवराज बास्तोला निर्वाचित हुनुभएकाे छ । समितिको ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले बास्तोलालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

बास्तोला फूलवारी क्लवका पूर्व अध्यक्ष, रोटरी क्लब अफ पोखराको पूर्वअध्यक्ष, जेसीज लगायतका संस्थामा रहेर काम गर्नुभएकाे छ । उहाँ पोखरा–७, रत्नचोकस्थित रत्नज्योति बोर्डिङ स्कूलको प्राचार्य पनि हुनुहुन्छ ।

समितिको सदस्यहरुमा दुर्गा जोजीजु र बुद्विसागर घिमिरे चयन हुनुभयाे । वडाध्यक्ष प्रेम कर्माचार्य, प्राचार्य दीपक बास्तोला र शिक्षक प्रतिनिधि दुई जना पदेन सदस्य रहनेछन् । २१ सदस्यीय हुने समितिमा १४ सदस्य पछि मनोनित गरिने छ ।

अध्यक्ष बास्तोलाले क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका