टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक, यस्तो छ मूल्य • Nepal's Trusted Digital Newspaperटीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक, यस्तो छ मूल्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक, यस्तो छ मूल्य

टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक, यस्तो छ मूल्य

  • समाचारपाटी
  • मङ्लबार, अशोज ४, २०७९
टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक, यस्तो छ मूल्य

काठमान्डौं । नेपाली बजारमा टीभीएसको नयाँ स्कुटर सार्वजनिक भएको छ । टीभीएसको आधिकारिक बिक्रेता जगदम्वा मोटर्स प्रालिले टिभिएस एनटर्क १२५ को नयाँ एडिशन रेस एक्सपी सार्वजनिक गरेको हो ।

कम्पनीले पहिलो स्मार्ट स्कुटरको रुपमा नेपाल भित्र्याएको एनटर्क १२५ रेस एक्सपीमा भोइस असिस्ट, मोड चेन्ज, नेभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायतका कनेक्टिभिटि फिचरहरु समावेश गरिएको छ ।

५ भेरियन्टमा उपलब्ध हुने एनटर्क १२५मा १२४।८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यस इन्जिनले १०।२ पीएस पावर तथा १०।८ एनएम टर्क जेनेरेट गर्दछ ।

१२५ सिसि सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर हुने नेपालकै एक मात्र स्कुटर एनटर्क १२५ एक्सपी भएको कम्पनीको दाबी छ । एनटर्क १२५ ड्रम, एनटर्क १२५ डिस्क, एनटर्क १२५ रेश, एनटर्क १२५ सुपर स्क्वाड एडिशन र एनटर्क १२५ रेस एक्सपी भेरियन्टसँगै ५ भेरियन्टमा उपलब्ध हुने भएको हो ।

एनटर्क रेस एक्सपीमा नयाँ ग्राफिकको प्रयोग गरिएको छ । साथै, यो स्कुटरको तौल ११६ किलोग्राम रहेको छ । जगदम्वा मोटर्सले एनटर्क १२५ रेस एक्सपीको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको छ ।

WhatsApp Image 2022 09 16 at 2.06.16 PM

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका