‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaper‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न

‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न

  • समाचारपाटी
  • मङ्लबार, अशोज ४, २०७९
‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न

काठमान्डौं । ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ मोडलको ‘पल्सर एनएस १२५’ को लन्चिङ कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले भदौ २८ गते झापाको बिर्तामोडबाट शुरु गरि २९ गते इटहरी, ३० गते जनकपुर, ३१ गते नारायणघाट, असोज १ गते बुटवल र २ गते नेपालगञ्जमा सांगीतिक कार्यक्रमको आयोजना गर्दै लन्चिङ कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । देशका मुख्य शहरहरूमा भएको यस लन्चिङ कार्यक्रममा गायकहरू प्रमोद खरेल, टिका प्रसाईं र हास्य कलाकार सुमन कार्कीको प्रस्तुती रहेको थियो ।

यसै गरी नेपाली बजार र चाडपर्वलाई लक्षित गरेर कम्पनीले आधाको आधामा फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । आधाको आधामा भनेको मोटरसाइकलको कुल लागतको चार भागको एक भाग रकम जम्मा गरेर फाइनान्स गर्न सकिने हो । त्यस्तै एउटा मोटरसाइकल खरिदमा ७ हजार छुट व्यवस्था गरेको छ ।

पल्सर एनएस १२५ एनएस सिरिजको बडी डिजाइनमा तयार गरिएको छ । यो बाइकमा १२४।४५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग भएको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्दछ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बो ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५मा दिएको छ । नेपाली बजारका लागि कम्पनीले पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ कायम गरेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका