'अव १६ गते पछि १६ गतेसम्ममा जे विवरण आउँछ, त्यो कुनै पनि हालतमा परिवर्तन हुँदैन':-आयुक्त थपलिया • Nepal's Trusted Digital Newspaper'अव १६ गते पछि १६ गतेसम्ममा जे विवरण आउँछ, त्यो कुनै पनि हालतमा परिवर्तन हुँदैन':-आयुक्त थपलिया • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘अव १६ गते पछि १६ गतेसम्ममा जे विवरण आउँछ, त्यो कुनै पनि हालतमा परिवर्तन हुँदैन’:-आयुक्त थपलिया

‘अव १६ गते पछि १६ गतेसम्ममा जे विवरण आउँछ, त्यो कुनै पनि हालतमा परिवर्तन हुँदैन’:-आयुक्त थपलिया

  • समाचारपाटी
  • मङ्लबार, अशोज ४, २०७९
‘अव १६ गते पछि १६ गतेसम्ममा जे विवरण आउँछ, त्यो कुनै पनि हालतमा परिवर्तन हुँदैन’:-आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको बन्द सूचि सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले आज अपरान्ह ५ बजेभित्र आयोग परिसर भित्र प्रवेश गरी दुवै निर्वाचनको समानुपातिकतर्फको बन्द सूचि बुझाए राम्रो हुने धारणा समेत राख्नु भयो । आयोग परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले त्यसका लागि आयोगले आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले राजनीतिक दलहरुले आजै सो सूचि बुझाउन नसके भोली (मंगलबार) बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताउनुभयो । गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरुले कटाएको उल्लेख गर्दै अहिले पनि सोही अवस्था आउन सक्ने उहाँको भनाई थियो । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्द सूचि बुझाउनका लागि हिजो र आज २ दिनको समय दिएको थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘विगतको अनुभवलाई हेर्दा त भोली बिहान पनि आजै भईरहने हो कि भन्ने अवस्था हामीले महसुश गरिराखेका छौं । तर, हामी हाम्रो सम्पूर्ण स्रोत, साधन क्षमताले यो चाँही लोकतन्त्रलाई सुदृढिकरण गर्ने निर्वाचनको यो अभियानमा आयोगको तर्फबाट हामी कुनै पनि कमी हुँन दिँदैनौं । आयोग परिसर छिरेका सबै राजनीतिक दलहरुले यही बसेर सबै काम नसकुन्जेलसम्म हाम्रो टिम परिचालन हुन्छ । हामीले आज यति बजेभित्र भनेर तोकिसकेका छैनौं । तैपनि सामान्यतयाः पाँच बजेभित्र उहाँहरुले आईपुगेर सो सबै काम थालेर आजहुँदै सकिदिए हुन्थ्यो भन्ने हाम्रो भनाई छ ।’

निर्वाचन आयोगले यही असोज ९ गते राजनीतिक दलहरुलाई आयोगमा बुझाएको समानुपातिक सूचिमा रहेका नामहरु सच्याउनका लागि पत्राचार गर्ने र १६ गते भित्र सच्याएर ल्याउन समय दिनेछ । त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनु भयो । उहाँका अनुसार आयोगले ती नामावलीलाई असोज २२ गते सार्वजनिक गर्नेछ । सार्वजनिक भएको ती नामावली अनुसार दलहरुले ल्याएको मत परिणामको आधारमा उम्मेदवारहरु निर्वाचित हुने आयोगले व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘ऐन, कानुनमा भएको व्यवस्था अनुसार उहाँहरुले पेश गर्नु हुन्छ । त्यसपछि त्यसलाई हामीले हेर्छौ । हेरेर हाम्रो नियमावलीले के भन्छ भने नौं गतेसम्ममा त्यहाँ कुनै नामनै परिवर्तन गर्नुपर्ने भएको छ भने पनि सो समेत गर्न समय दिनुपर्छ भन्ने व्यवस्था भएकाले अव यतिनै आउँछ र यतिनै गर्न सकिन्छ भन्ने कुरा छैन । पहिला हामीले सबै डकुमेन्टहरु हेरेर तपाईहरुको आवश्यक संशोधन, परिमार्जन गरेर त्रुटी सच्याउन तथा संशोधन परिमार्जन गर्न समय दिइनेछ भनेर हामीले त्यही लेखेर समय दिन्छौं । अव १६ गते पछि १६ गतेसम्ममा जे विवरण आउँछ । त्यो विवरणमा चाँही कुनै पनि हालतमा परिवर्तन हुँदैन । त्यसलाई आयोगले २२ गते सूचना जारी गरेर सार्वजनिक गर्छ । त्यो भन्दा अघि हामी हाम्रो गोपनियता कायम राख्छौं । २२ गते बेलुकासम्म सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ । त्यो सार्वजनिक गरिसकेपछि त्यो नाम तदनुसारनै प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मतगणना गरिसकेपछि त्यही नामबाट क्रमशः उम्मेदवारहरु चयन हुनेछन ।’

निर्वाचन ऐन, कानुन र आयोगले तय गरेको नियमावलीमा आधारित भएर निर्वाचन सम्बन्धि सबै कामहरु अघि बढाउन प्रतिवद्ध भएर लागि परेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

Sequence 09.04 59 35 10.Still3524 Sequence 09.05 00 36 04.Still3526 Sequence 09.05 05 14 00.Still3528

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका