चन्द्रागिरी ब्याडमिन्टन प्रतियोगिताको उपाधी रशिला महर्जन र नविन श्रेष्ठलाई • Nepal's Trusted Digital Newspaperचन्द्रागिरी ब्याडमिन्टन प्रतियोगिताको उपाधी रशिला महर्जन र नविन श्रेष्ठलाई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चन्द्रागिरी ब्याडमिन्टन प्रतियोगिताको उपाधी रशिला महर्जन र नविन श्रेष्ठलाई

चन्द्रागिरी ब्याडमिन्टन प्रतियोगिताको उपाधी रशिला महर्जन र नविन श्रेष्ठलाई

  • समाचारपाटी
  • मङ्लबार, अशोज ४, २०७९
चन्द्रागिरी ब्याडमिन्टन प्रतियोगिताको उपाधी रशिला महर्जन र नविन श्रेष्ठलाई

उदियमान राष्ट्रिय नं १ खेलाडी रशिला महर्जन र नविन श्रेष्ठले प्रथम चन्द्रागिरी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी चुमेका छन् । सेनाकी खेलाडी महर्जनले महिला एकल तर्फ पूर्व नं। १ खेलाडी भोजपुरकी नङ्गशल देवी तामाङ्गलाई २१–१४, २१–१३ को सोझो सेटमा पराजित गरेकी हुन् । यस्तै सेनाकै नविनले नेपाल पुलिस क्लबका बिष्णु कटुवाललाई २१–९, २१–१६ ले पराजित गर्दै उपाधी कब्जा गरेका हुन् । बिजेताले नगद ४० हजार र उपबिजेताले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । महिला तर्फ एपिएफकी शोभा गौचन र सेनाकी प्राथना देउवा संयुक्त तेश्रो भए । पुरुष तर्फ पुलिसका सुनिल जोशी र कालिकाका सुदीप सेढाईले तेश्रो स्थानमा चित्त बुझाए । तेश्रो हुनेले नगद १० ÷१० हजार प्राप्त गरे ।

महाङ्काल ब्याडमिन्टन कभर्डहलको आयोजनामा भएको प्रतियोगिताको शिर्ष २० बाहेकका पुरुष एकल तर्फका खेलमा महांकालका सुजन थापाले सेनाका हिमाल चन्दलाई २१–१७, ११–२१, २१–१८ ले पराजित गर्दै स्वर्ण जिते । उनले ट्रफी प्रमाण पत्र र नगद ३० हजार प्राप्त गरे । यस्तै उपविजेता चन्दले नगद १५ हजार प्राप्त गरे । तेश्रो स्थानमा सेनका कविर के।सी। र पुलिसका हिरा राई रहे । उनीहरुले नगद १० ÷१० हजार प्राप्त गरे ।

सोही विधाको महिला एकल तर्फ सुर्खेतकी शिष्ना श्रीपालीले सुर्खेतकै अग्रीमा भण्डारीलाई १३–२१, २१–१६, २१–११ ले पराजित गर्दै उपाधी कब्जा गरिन् । श्रीपालीले ३० हजार र भण्डारीले नगद १५ हजार प्राप्त गरिन् । तेश्रो स्थानमा नेपाल पुलिसका निकिता लामा र रिना तामाङल रहे । उनीहरुले नगद १० ÷१० हजार प्राप्त गरे ।

शिर्ष २० बाहेकको पुरुष युगल तर्फ एपिएफका प्रनिश सिंह ठकुरी र महांकालका सुजन थापाको जोडीले विजय प्राप्त ग¥यो । उक्त जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१८, २६–२४ को कठिन जित निकाल्यो । बिजयी जोडीले नगद ३० हजार र उपबिजयीले नगद १५ हजार प्राप्त गरे । युनिटि ब्याडमिन्टन एकेडेमीका निश्चल खत्री र श्रीजल पोखरेल तथा सेनाका हिमाल चन्द र सन्तोष पनेरुले तेश्रो हुँदै नगद १० ÷१० हजार प्राप्त गरे ।

लोकल पुरुष युगल तर्फ महांकालका आकाश जोशी र याविक श्रेष्ठको जोडी प्रमोद महर्जन र सुमन महर्जनको जोडी माथि हावी भयो । जोशी र श्रेष्ठको जोडीले महर्जन जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । महर्जन जोडीले नगद १० हजार प्राप्त गरे । तेश्रो स्थान प्राप्त गरेका बिपिन शाह र अमृत थापा तथा रामशरण के।सी। र दिवाकर पाण्डेको जोडीले नगद १० ÷१० हजार प्राप्त गरे ।

४५ बर्ष माथिको युगल जोडीमा कालिकाका रामशरण केसी र हरि कार्कीको जोडीले पिएफसीका संजय कपाली र लाक्पा शेर्पाको जोडीलाई २१–१७, २४–२२ ले पराजित गर्दै उपाधी उचाले । बिजयी खेलाडीले नगद ३० हजार र उपबिजयीले नगद १५ हजार प्राप्त गरे । किर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडी तथा हिरा रोक्का र टिका थापाको जोडी संयुक्त तेश्रो स्थान प्राप्त गर्दै नगद १०÷१० हजार प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी बागमती प्रदेश साँसद रमा आले मगरले पुरस्कार वितरण गरेकी थिईन् । अजित र राजपुरालाई रोड रेस उपाधी पिनाकल कलेजक अजित कुमार यादव पुरुष तर्फ र नेपाल पुलिस क्लबकी राजपुरा पछाई अखिल क्रान्तिकारीद्वारा आयोजन गरिएको काठमाण्डौ रोड रेस २०७९ मा उपाधी जित्न सफल भएका छन् । ५ किलोमिटको दौड अजितले १७ मिनट ४५।३ सेकेन्डका साथ र राजपुराले २० मिनट ३५।७५ सेकेन्डका साथ पुरा गरेका थिए । बिजयी खेलाडीहरुले नगद २५ हजार, सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

८ औं संविधान दिवसको अवसरमा संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन १ शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनि म्याराथन भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी पवन कार्की समूहको आयोजनामा भएको प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस क्लबका सन्तोष विक्रम बिष्टले निर्धारित दुरी २० मिनट ३५।७५ सेकेन्डका साथ पुरा गर्दै दोश्रो भए । यस्तै १८ मिनट ६।१ सेकेन्डका साथ त्रिभुवन आर्मी क्लबका मोहन देव जोशी तेश्रो भए ।

महिला तर्फ २० मिनट ५०।१५ सेकेन्डका साथ पुलिस क्लबकी राममाया बुढा दोश्रो र रेखा बिष्ट २१ मिनट ३।३५ सेकेन्डका साथ तेश्रो भए ।
दोश्रो र तेश्रो हुने खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ क्रमशः नगद २० हजार र १५ हजार प्राप्त गरे । बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी पार्टिका नेता एर्व क्रान्तिकारी प्रगतीशील कानुन ब्यवसायी संघका संयोजक, पूर्व महान्याधिवक्ता एवै पूर्व अखिल क्रान्तिकारीका अध्यक्ष रमन कुमार श्रेष्ठ, बिशिष्ट अतिथी नेपाल ओलम्पिक कमिटिका सचिव, अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, एथलेटिक्स संघका सचिव आर.के. बिष्ट र मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ्गले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोतिमा ३६५ पुरुष र ११२ जना महिला गरि कुल ४७७ जनाको सहभागिता रहेको थियो । रेस रङ्गशालाबाट सुरु गरि थापाथली, माईतीघर, बवरमहल, बिजुलीबजार पुल हुँदै एभरेष्ट होटलको अगाडीको डिभाईडर हुँदै पुन त्रिपुरेश्वर रङ्गशालामा आएर समापन भएको थियो ।
खेलकुदमा निजी क्षेत्रको भूमिका बिषयक छलफल कार्यक्रम नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजार राख्दै श्रोत परिचालन उपसमितिले निजी क्षेत्रलाई खेलकुदमा आकर्षित गर्ने उद्धेश्यले आईतबार खेलकुदमा निजी क्षेत्रको भूमिका बिषयक छलफल कार्यक्रमको आयोजना गर्यो ।
उपसमितिका संयोजक एवं बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम बारे जानकारी दिने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले निजी क्षेत्रलाई पर राखेर खेलकुदको विकासको परिकल्पना गर्न नसकिने भन्दै निजी क्षेत्रलाई हातेमालो गर्न आव्हान गरे ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले नवौं राष्ट्रिय खेलकुदको प्लेटफर्ममा निजी क्षेत्रलाई समावेश गर्नु पर्ने र खेललाई राष्ट्रिय गौरव, राष्ट्रको पहिचान, राष्ट्रको लागि खेल र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ अगि बढेको मुल अभियान संग निजी क्षेत्रलाई एकाकार गरेर, हिस्सेदार बनाएर अगि बढनु पर्ने बताए । मन्त्री गहतराजले खेल क्षेत्र एक उद्योग रहेको भन्दै यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आव्हान गरे ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले खेलकुदको क्षेत्रका लागि एउटा नयाँ सुरुवातको थालनी गरेकोमा खेलकुद परिषद्लाई आभार ब्यक्त गर्दै खेलकुदको विकासमा निजी क्षेत्रको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको भन्दै बिश्वका कैयन देशमा निजी क्षेत्रको सहभागिताका कारण खेल क्षेत्रले उन्नती गरेको बताए । उनले विगतमा निजी क्षेत्रले खेलकुदमा गरेको सहयात्रालाई स्मरण गर्दै निजी क्षेत्रलाई खेलकुदमा चन्दा र दान दिएको नभई लगानीको रुपमा लिन अनुरोध गरे । उनले निजी क्षेत्रले खर्च गर्ने सामाजीक उत्तरदायित्व अन्तरगत हुने खर्चलाई खेलकुदको क्षेत्रमा लगानी गराउने तर्फ अर्थमन्त्रीले सम्वोधन गर्न आव्हान गरे ।

निजी क्षेत्रका तर्फबाट बोल्दै सूर्य नेपालका प्रतिनिधी मि। अर्यालले निजी क्षेत्रलाई खेलकुद क्षेत्रमा आकर्षण गर्ने खालका नीति नियमहरु ल्याउन अर्थ मन्त्रीलाई अनुरोध गरे । उनले सामाजिक उत्तरदायित्व अन्तरगत गर्ने खर्चमा खेलकुद नअटेको भन्दै खेलकुद प्रवर्धन गर्ने गरि नीति बनाउनु पर्ने तर्फ सरकारले पहल गर्नु पर्ने बताए ।

अर्थमन्त्री जनार्दन शर्माले खेल क्षेत्र आर्थिक विकासका लागि प्रगतीका लागि महत्वपूर्ण क्षेत्र रहेको भन्दै खेल क्षेत्रमा ठुला ठुला लगानी भईरहेको बताए । उनले खेलकुदको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षण गर्ने खालका नीति नियमलाई अगाडी ल्याउने कार्यमा राज्यले पहल गर्ने तर्फ अग्रसर रहेको बताए ।

कार्यक्रमका सभापती भण्डारीले कार्यक्रममा उपस्थित सवैधलाई धन्यवाद दिंदै नवौं राष्ट्रिय खेलकुलाई सफल बनाउन र खेलकुदमा लगानी गर्न निजी क्षेत्रलाई आव्हान गरे ।

IMG 20220919 WA0002 IMG 20220919 WA0003 IMG 20220919 WA0006 IMG 20220919 WA0007 IMG 20220919 WA0008 MB2A9554 MB2A9566 Nabin and Rashila Rashila

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका