राष्ट्रिय फोटोपत्रकारिता अवार्डको तीन विधामा पोखराका फोटोपत्रकार प्रेम थापाको फोटो मनोनित • Nepal's Trusted Digital Newspaperराष्ट्रिय फोटोपत्रकारिता अवार्डको तीन विधामा पोखराका फोटोपत्रकार प्रेम थापाको फोटो मनोनित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय फोटोपत्रकारिता अवार्डको तीन विधामा पोखराका फोटोपत्रकार प्रेम थापाको फोटो मनोनित

राष्ट्रिय फोटोपत्रकारिता अवार्डको तीन विधामा पोखराका फोटोपत्रकार प्रेम थापाको फोटो मनोनित

  • समाचारपाटी
  • मङ्लबार, अशोज ४, २०७९
राष्ट्रिय फोटोपत्रकारिता अवार्डको तीन विधामा पोखराका फोटोपत्रकार प्रेम थापाको फोटो मनोनित

पोखरा । राष्ट्रिय फोटो पत्रकारिता अवार्डको तीन विधामा पोखराका फोटो पत्रकार प्रेम थापाको तीन फोटो मनोनयनमा परेको छ । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेले आफ्नो स्थापनाको २५ औं वर्षीक उत्सवका अवसरमा आयोजना गर्न लागेको अवार्ड प्रतियोगितामा
उहाँको फोटो मनोनयनमा परेको हो ।

विगत तीन वर्षदेखि पोखराको परिचय डटकममा फोटो पत्रकारिता गर्दै आएका प्रेमको फोटो नेपाल टेलीकम दैनिक जीवन फोटो
पत्रकारिता विधा २०२२, खेलकुद फोटोपत्रकारिता विधा २०२२ र गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधा २०२२ मा उत्कृष्ट ५ भित्र पर्न सफल भएको हो ।

अवार्ड प्राप्त गर्न दैनिक फोटो पत्रकारिता विधामा प्रेमले फोटोपत्रकारहरु अनन्ता भण्डारी, मनिस अर्याल, नविन बाबु गुरुङ र सुनील शर्मासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यस्तै खेलकुद फोटो पत्रकारिता विधामा विक्रम कुमार बानियाँ, हरिस सिंह नगाल, एसके शर्मा, सरोज चाम्लीङसँग उहाँले प्रतिस्पर्धा गर्नुपर्नेछ । गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा भने उहाँको प्रतिस्पर्धा खिम लामिछाने, किरण आचार्य, राधिका कँडेल र रजनी तामाङसँग हुनेछ।

एनएफपिजेले विभिन्न फोटोपत्रकारहरुको फोटो तथा बायोडाटा संकलन गरी उनीहरुको फोटो तथा कामको मुल्याङ्कनलका आधारमा फोटो छनोट गरेको हो । विभिन्न १४ विधामा वर्ष उत्कृष्ट फोटोपत्रकारको विधागत ५ जना मनोनयन गरिएको जानकारी आयोजकले दिएको छ ।

उक्त मनोनयमा पर्नेमध्येबाट उत्कृष्ट एकलाई असोज ६ गते काठमान्डौंमा एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिनेछ । आफ्नो फोटो राष्ट्रिय स्तरको अवार्ड कार्यक्रममा तीन तीन विधामा मनोनयन परेको थाहा पाउँदा प्रेम खुशी देखिन्छन् । भन्छन्,“अवार्ड प्राप्त गरे पनि नगरेपनि मेरा लागि मनोनयनमा पर्नु नै सबैभन्दा ठूलो कुरा हो । फोटो पत्रकारिता क्षेत्रमा छोटो समयमा प्राप्त गरेको यो उपलब्धि मेरा लागि सर्वमान्य छ । फोटो पत्रकारिता क्षेत्रमा थप नयाँ र निरन्तरता दिनेछु ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका