'हामीले पनि बाँच्न पाउनुपर्यो नि, एकदमै अराजकताको पनि पराकाष्ट छ':-प्रधानन्यायाधीशकी छोरीकाे आग्रह • Nepal's Trusted Digital Newspaper'हामीले पनि बाँच्न पाउनुपर्यो नि, एकदमै अराजकताको पनि पराकाष्ट छ':-प्रधानन्यायाधीशकी छोरीकाे आग्रह • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘हामीले पनि बाँच्न पाउनुपर्यो नि, एकदमै अराजकताको पनि पराकाष्ट छ’:-प्रधानन्यायाधीशकी छोरीकाे आग्रह

‘हामीले पनि बाँच्न पाउनुपर्यो नि, एकदमै अराजकताको पनि पराकाष्ट छ’:-प्रधानन्यायाधीशकी छोरीकाे आग्रह

  • समाचारपाटी
  • मङ्लबार, अशोज ४, २०७९
‘हामीले पनि बाँच्न पाउनुपर्यो नि, एकदमै अराजकताको पनि पराकाष्ट छ’:-प्रधानन्यायाधीशकी छोरीकाे आग्रह

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराकी छोरी सुनिधीले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गर्नुभएको छ । जबराकी छोरी सुनिधीले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताउनु भयो । आईतवार अपरान्ह बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उहाँले आफूहरुलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताउनु भयो । देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरुलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाइदिन पनि नेपाली जनताबाट ठूलो भरोसा लिएको बताउनु भयो । उहाँले भावविह्वल हुँदै स्कुुलमा रहेको बच्चा ल्याउने नदिने, औषधि ल्याउन पनि नदिने गरी प्रहरीहरु सरकारले परिचालन गरेको दुःखेसो गर्नुभयो । हामीमाथि सरकारले आफ्नो पावर देखाएर किन यस्तो अराजकता फैल्याएको छ रु भन्ने कुरा आफूहरुले बुझ्न नसकेको उल्लेख गर्दै सुनिधीले त्यसबारे तथ्य बुझ्न पनि नेपाली जनतालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई बाहिर निस्कन पनि दिइराखेको छैन । बच्चाहरु स्कुलमा लिन जानुपर्छ । एउटा बच्चा लिइ आइराखेको बेलामा उसलाई पनि समातेर लगेर थुनिदियो । हामीले पनि बाँच्न पाउनुपर्यो नि । एकदमै अराजकताको पनि पराकाष्ट छ । अब के कारणले यिनीहरुले गरिराख्या छ भन्ने कुरा हामीले पनि बुझिराख्या छैन । यिनीहरुलाई चाहीँ एक किसिमको लाज पनि हराएर, नैतिकता पनि हराएर हामीमाथि यस्तो अन्याय, अत्याचार भएको छ । अब यो सबै कुरा चाहीँ नेपाली जनताले बुझिदिनु पर्यो । हामी यही टेलिभिजनबाट, मिडियाबाट आह्वान गर्न चाहन्छौं–सबजनालाई एकदमै देशको माया छ, यो अदालतको माया छ भने सबजना उठेर आई दिनुपर्यो । हामीहरुलाई यस्तो बेलामा नजरबन्दमै राखिएको छ । हामीबाट यहाँबाट बाहिर निस्कन र भित्र जाने हाम्रो कन्डिसन छैन । यो कुरा चाँही सबै जनाले बुझिदिनु पर्यो । म यही भन्न चाहन्छु । हामी १० बजे अदालत जाने भनेपछि पुलिसहरु एकदमै आक्रामक शैलीमा हाम्रो निवासको बाहिर जम्मा हुनुभएको छ । उहाँहरुले हामीलाई बाहिर निस्कन पनि दिइराख्नु भएको छैन । बच्चाहरुलाई लिन जानुपर्छ सन्चो छैन । औषधिहरु लिन जानुपर्यो । काम गर्ने मानिस बाहिर हिँडीराखेको बेलामा उनीहरुलाई समातेर लगेर अराजकता मच्चायो भनेर थुनिराखेको छ । अराजकता कसले मच्चाईराखेको छ रु त्यो त स्वतन्त्र रुपमा देखिराख्या छ बाहिर । उहाँहरुले एकदमै सबै जनालाई आफ्नो सरकारको दमनमा पावर देखाएर हामीलाई यस्तो गरिराख्नुभएको छ । यो सबै कुरा नेपाली जनताले बुझ्न एकदमै जरुरी छ । अहिलेको सरकारले एकदमै हामीलाई अन्याय, अत्याचारै गरेको छ । यो गठबन्धनको सरकारले हामीमाथि अत्याचारै गरेको छ । हामीले त एउटा ठूलो अपराधीले कुनै मान्छेलाई नै मारेर लुकाएको जस्तो किसिमको व्यवहार प्रहरीले हामीमाथि गरेको छ । सरकार हाम्रो विरुद्धमा लागेको छ । हाम्रो त हातखुट्टा नै बाँधी राखेको अवस्था छ । यस्तो बेलामा हामी के गर्नसक्छौं रु हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनताहरुसँग हो । हामीले बिम्ति गरेका छौं उहाँहरुसँग । उहाँहरुले के सही हो, के लगत हो रु छुट्टयाएर, बुझेर सबैजना जम्मा भएर आइ दिनुप¥यो । अब घरमा बसेर सोसल मिडिया हेरेर म्यासेन्जरमा स्क्रूल गरेर, कमेन्ट गरेर मात्रै हुँदैन । यदि उहाँहरुलाई दशेको माया छ भने, अदालतको माया छ भने हामीलाई सहयोग गर्नुपर्यो ।’

सुनिधीका अनुसार स्कुलको बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच, निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ हुनुभएको बुझिएको छ । छोरी सुनिधीका अनुसार उहाँलाई सन्चो नभएको हो । प्रहरीले जबराको उपचारका लागि औषधि ल्याउन समेत नदिएको बताइएको छ ।

निलम्वित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधिसभामा लगाइएको महाअभियोग पुष्टि नभएको भन्दै आज ९आईतवार० बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गर्नुभएको थियो । तर सरकारले नजरबन्दमा राखेर जान नदिएको परिवारले बताएको छ ।
यता, राष्ट्रिय मानव अधिकार आयोगको टोली निलम्वित प्रधानन्यायाधीश जबरा र उहाँको परिवारको अवस्थाबारे जानकारी लिन गएपनि त्यसबारे कुनै औपचारिक जानकारी गराएको छैन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका