अब चार पाङ्ग्रे गाडी किन्दा प्यान नम्बर अनिवार्य चाहिने • Nepal's Trusted Digital Newspaperअब चार पाङ्ग्रे गाडी किन्दा प्यान नम्बर अनिवार्य चाहिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अब चार पाङ्ग्रे गाडी किन्दा प्यान नम्बर अनिवार्य चाहिने

अब चार पाङ्ग्रे गाडी किन्दा प्यान नम्बर अनिवार्य चाहिने

  • समाचारपाटी
  • आइतवार, अशोज २, २०७९
अब चार पाङ्ग्रे गाडी किन्दा प्यान नम्बर अनिवार्य चाहिने

काठमान्डौं । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नम्बर (प्यान नम्बर) अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको छ ।

‘चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र बिक्रेताले उक्त स्थायी लेखा नम्बर बिक्री बिजकमा उल्लेख गर्नुपर्ने भएकाले सम्बन्धित सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिको जानकारीको लागि यो सूचना प्रकाशित गरेको व्यहोरा अनुरोध छ ’ विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि चारपाङ्ग्रे सवारी साधन खरिदका लागि प्यान नम्बर अनिवार्य नगरेको विभागले पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने नियम समेत कार्यान्वयन गर्न भनेको छ ।

pan for 4 wheelers

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका