सुमार्गी समूहले गर्यो अटोमोवाइल व्यवसायमा प्रवेश, भित्र्यायो बीजे ४० एल • Nepal's Trusted Digital Newspaperसुमार्गी समूहले गर्यो अटोमोवाइल व्यवसायमा प्रवेश, भित्र्यायो बीजे ४० एल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुमार्गी समूहले गर्यो अटोमोवाइल व्यवसायमा प्रवेश, भित्र्यायो बीजे ४० एल

सुमार्गी समूहले गर्यो अटोमोवाइल व्यवसायमा प्रवेश, भित्र्यायो बीजे ४० एल

  • समाचारपाटी
  • आइतवार, अशोज २, २०७९
सुमार्गी समूहले गर्यो अटोमोवाइल व्यवसायमा प्रवेश, भित्र्यायो बीजे ४० एल

काठमान्डौं । चर्चित व्यवसायीक घराना सुमार्गी समूह अटोमोवाइल व्यवसायमा प्रबेश गरेको छ । काठमान्डौंको मिनभवनमा आफ्नो नयाँ शोरुम खोल्दै सुमार्गी समूह आधिकारिक रुपमा अटोमोबाइल व्यवसायमा प्रवेश गरेको हो ।

उक्त समूहले चिनियाँ सरकारी कम्पनी बेइजीङ अटोमोटीभ ग्रुप (बीएआईसी)ले उत्पादन गरेको ‘बीएआईसी’ ब्राण्डको गाडी नेपाल भित्र्याएको छ । बेइजीङ, बीएडब्लू, चांगन, फोटन मोटर, आर्कफक्स जस्ता ब्राण्डका सवारी बीएआईसी ग्रुप अन्तर्गत रहेका छन् ।

सुमार्गी समूह अन्तर्गत हाल नेपाल आएको गाडी बीएआईसीको उत्पादन बेइजीङ बीजे ४० एल अफरोड एसयूभी रहेको छ ।

बीजे ४० एलमा २।० लिटरको टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले २०४ हर्सपावर र २९० न्यूटर मिटर टर्क प्रदान गर्दछ । यसमा ६ स्पीड क्षमताको म्यानुअल गियरबक्स छ ।

४ हजार ६३० एमएम लम्बाई, १ हजार ८४३ एमएम चौडाई र १ हजार ८६१ एमएम उचाई रहेको बीजे४०एलमा २७३० एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसमा २५४ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स रहेको छ ।

मस्कुलर बडी, आकर्षक फाइफस्टाइलको ग्रिल, चार वटै चक्कामा डिक्स ब्रेक रहेको यस सवारीमा फ्रन्ट र रियर लाइट एलइडी रहेका छन् । रिमूभेवल रुफ रहेको यो एसयूभीमा १२।३ इन्चको इन्स्टुमेन्ट क्लस्टर, रियर पार्किङ क्यामरा सहितको १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ ।

यो सवारीमा रियर पार्किङ सेन्सर, अटोमेटीक आइआरभीएम, सिक्स(वे एड्जस्टेवल ड्राइभर सिट, फोर-वे एड्जस्टेलवल प्यासेन्जर सिट, हिटेड फ्रन्ट सिट, मल्टीफङ्सनलन स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल, डिउलजोन अटोमेटीक एसी, एयर फिल्टर सिस्टम, रेड एण्ड व्ल्याक डियूल कलरको इन्टेरियर पाउन सकिन्छ ।

बीजे ४० एलमा इबीडी सहितको एबीएस, इएसपी, इबीए, टीसीए, एचएसी, एचडीसी, आरएमआई, इपीबी, अटोहोल्ड, डिउल फ्रन्ट एयरब्याग लगायतका सुरक्षाका फिचर उपलब्ध छन् । साथै, यसमा स्नो तथा स्पोर्ट मोड पाउन सकिन्छ ।

BAIC

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका