नागरिकता विहिन संघर्ष समितिले धर्ना • Nepal's Trusted Digital Newspaperनागरिकता विहिन संघर्ष समितिले धर्ना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नागरिकता विहिन संघर्ष समितिले धर्ना

नागरिकता विहिन संघर्ष समितिले धर्ना

  • समाचारपाटी
  • आइतवार, अशोज २, २०७९
नागरिकता विहिन संघर्ष समितिले धर्ना

नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहिन संघर्ष समितिले धर्ना दिएको छ । शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणिकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहिन संघर्ष समितिले माइतिघर मण्डलामा धर्ना दिएको हो ।

नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भएपनि उहाँले हालसम्म प्रमाणिकरण गर्नुभएको छैन । संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफुहरु नेपाली नागरिकता विहिन हुँदा अनेकौँ सास्ती बेहोर्नु परेको बताउनुभयो । उहाँले आफुहरु नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहेपनि हालसम्म मागको सम्बोधन नभएको बताउनुभयो । सरकारले आफुहरुको संविधानसम्मत् मागलाई पुरा गर्नुपर्ने र राष्ट्रपतिले नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

धर्नामा सहभागिहरुले आफुहरुको भविष्यमाथि खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन् ।

Sequence 09.04 41 05 04.Still3483 1 Sequence 09.04 41 13 00.Still3485 1 Sequence 09.04 41 15 11.Still3486 1 Sequence 09.04 41 30 16.Still3487 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका