‘गठबन्धनको प्रक्रिया भनेको त नेपालमा अव सुरु भयो हेर्नुस्,म एकल बहुमत ल्याउछुु':-झलनाथ खनाल • Nepal's Trusted Digital Newspaper‘गठबन्धनको प्रक्रिया भनेको त नेपालमा अव सुरु भयो हेर्नुस्,म एकल बहुमत ल्याउछुु':-झलनाथ खनाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘गठबन्धनको प्रक्रिया भनेको त नेपालमा अव सुरु भयो हेर्नुस्,म एकल बहुमत ल्याउछुु’:-झलनाथ खनाल

‘गठबन्धनको प्रक्रिया भनेको त नेपालमा अव सुरु भयो हेर्नुस्,म एकल बहुमत ल्याउछुु’:-झलनाथ खनाल

  • समाचारपाटी
  • आइतवार, अशोज २, २०७९
‘गठबन्धनको प्रक्रिया भनेको त नेपालमा अव सुरु भयो हेर्नुस्,म एकल बहुमत ल्याउछुु’:-झलनाथ खनाल

सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था नरहेको बताउनु भएको छ ।

नेपालमा गठबन्धनको राजनीति सबैले गरिरहेकाले त्यसलाई नकारात्मक रुपमा लिन नमिल्ने सम्मानित नेता खनालको तर्क थियो । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अवपनि नेपालमा गठबन्धनको राजनीतिक लामै समय रहने जिकीर समेत गर्नु भयो । अहिले पनि कोहीले गणतन्त्रवादीसँग र कोहीले राजतन्त्रवादीसँग गठबन्धन गरिरहेको भन्दै सम्मानित नेता खनालले नेपालमा यसले लामै समय लिने आफूलाई लागेको बताउनु भयो । आगामी निर्वाचनमा पनि एकल बहुमत ल्याउन व्यवहारिक कठिनाई भएकाले दलहरु कुनै न कुनै रुपमा गठबन्धन गरिरहेको पनि उहाँले स्मरण गराउनु भयो । खनालले २०७४ सालको निर्वाचनमा पनि दुई ठूला बामपन्थी दलहरुबीच गठबन्धन भएरै करिव दुई तिहाईको जनमत आएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘गठबन्धनको प्रक्रिया भनेको त नेपालमा अव सुरु भयो हेर्नुस् । यो लामै समय जारी रहन सक्छ । म एकल बहुमत ल्याउछु । र, एकल सरकार बनाउँछु भन्ने कुरा अलि दुर्लभ छ नेपालको लागि । हामीले जुन खालको संविधान बनाएका छौं । हाम्रा आकांक्षा चाँही छन हेर्नुुस् । बहुमत हामी ल्याउँछौं भन्ने आकांक्षा चाँही छ । तर, त्यो आकांक्षाले मात्रै काम गर्दैन । व्यवहारिकतामा त्यो निकै कठिन छ । एउटा पार्टी मात्रै बहुमत ल्याउन्न । एउटा संयोग हो–हामीले हिजो दुईटा पार्टी मिलाएर लड्दाखेरी ल्याएको हो । त्यतिबेला पनि त गठबन्धन त हो नि चुनावमा । नेपालमा ठूल्ठूला प्रगति गठबन्धनबाटै भएका छन । २००७ सालको पनि सबै पार्टी मिलेर भएको हो । २०४६ सालमा पनि सबै पार्टी मिलेरै हो । ०६२÷६३ मा पनि सबै पार्टी मिलेर परिवर्तन सम्भव भएको हो । अनि, संविधान बनाउँदा पनि सबै पार्टी मिलेर बनाइएको हो । र, यो २०७४ को चुनावमा पनि दुई तिहाई बहुमत आएको पनि गठबन्धनले नै हो । त्यसो हुनाले गठबन्धनसँग नकारात्मक हुनुपर्ने, यो गठबन्धन भनेर अर्कै ढंगले हेर्नुपर्ने कुनै जरुरी छैन । गठबन्धन त जो पनि गरिरहेका छन । कोही राप्रपासँग गठबन्धन गर्छन । कोही काँग्रेससँग गठबन्धन गर्छन । कोही गणतन्त्रवादीसँग गर्छन, कोही राजतन्त्रवादीसँग गर्छन । यी आ–आफ्ना आवश्यक्ता कुरा हुन हेर्नुस् । यसो हुनाले यस्ता कामहरु गर्न सबै स्वतन्त्र छन । स्वतन्त्रतापूर्वक हामी गरौं । तर, देशको अग्रगति र प्रगतिलाई केन्द्र विन्दुमा राखेर गरौं ।’

सम्मानित नेता खनालले देशको अग्रगति र प्रगतिलाई केन्द्र भागमा राखेर गठबन्धन गरेर जान सबै राजनीतिक दलहरु स्वतन्त्र रहेको पनि पटकपटक दोहोर्याउनु भयो । उहाँले केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहन सम्झौंता गरेर महत्वपूर्ण काम गरेको चर्चा समेत गर्नु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका