सानु केसी, जिबन खतिवडा र स्मृति गौतमको सुमधुर स्वरमा ''दशैं रमाइलो'' सार्वजनिक • Nepal's Trusted Digital Newspaperसानु केसी, जिबन खतिवडा र स्मृति गौतमको सुमधुर स्वरमा ''दशैं रमाइलो'' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सानु केसी, जिबन खतिवडा र स्मृति गौतमको सुमधुर स्वरमा ”दशैं रमाइलो” सार्वजनिक

सानु केसी, जिबन खतिवडा र स्मृति गौतमको सुमधुर स्वरमा ”दशैं रमाइलो” सार्वजनिक

  • समाचारपाटी
  • शनिबार, अशोज १, २०७९
सानु केसी, जिबन खतिवडा र स्मृति गौतमको सुमधुर स्वरमा ”दशैं रमाइलो” सार्वजनिक

काठमान्डाैँ । लोक तथा दोहोरी गायक सानु केसी को दशैं गीत दशैँ रमाइलो को बिमोचन सम्पन्न भएको छ । काठमान्डाैँको अनामनगर स्थित संवाद डबलीको हलमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिवनारायण जोशी, राजु परियार, रामहरी भण्डारी, चन्द्रमणि गौतम, रामकुमार नेपाली भीमसेन खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।

बिमोचन कार्यक्रममा प्रमुख अतिथि बहादुर सिंह लामाले सम्पूर्ण कलाकारको एकताले नेपाली लोक दोहोरी क्षेत्रले उच्च गति लिएको धारणा राख्नुभयाे । गायक तथा सर्जक सानु केसी को अध्यक्षता रहेको कार्यक्रमलाई दिपक यात्री आचार्यले संचालन गर्नुभएकाे थियाे । उक्त कार्यक्रममा ”दशैँ रमाइलो” बोलको गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अग्रज कलाकार तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

आज बिमोचन भएको गीतमा सानु केसी, जिबन खतिवडा र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय गायक स्वयम् सानु केसी ले भर्नुभएका हाे भने शब्द जिबन खतिवडाको रहेको छ । ”दशैँ रमाइलो” गीतको म्युजिक भिडियोमा भुवन चौलागाईं, लक्ष्मी दर्नाल, प्रविन खत्री, करिष्मा कुँवर, रामकृष्ण घिमिरे र मनोज घोरासैनीको अभिनय देख्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोमा निर्देशन तथा कोरिग्राफी निरेन श्रेष्ठको रहेको छ भने छायांकन मुकेश हुमागाईं र सम्पादन बिनोद बमले गर्नुभएकाे छ । गीतलाई जुनतारा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

306716259 611305490486373 5060677556589459499 n 306927920 632966015084519 236642337175759244 n 306952135 1121353582149761 5495786794492798904 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका