'यतिबेला गठबन्धन बनाएर सबै राजनीतिक शक्ति एमालेबिरुद्धमा केन्द्रित छन्':-देवेन्द्र दाहाल • Nepal's Trusted Digital Newspaper'यतिबेला गठबन्धन बनाएर सबै राजनीतिक शक्ति एमालेबिरुद्धमा केन्द्रित छन्':-देवेन्द्र दाहाल – Nepal's Trusted Digital Newspaper 'यतिबेला गठबन्धन बनाएर सबै राजनीतिक शक्ति एमालेबिरुद्धमा केन्द्रित छन्':-देवेन्द्र दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘यतिबेला गठबन्धन बनाएर सबै राजनीतिक शक्ति एमालेबिरुद्धमा केन्द्रित छन्’:-देवेन्द्र दाहाल

‘यतिबेला गठबन्धन बनाएर सबै राजनीतिक शक्ति एमालेबिरुद्धमा केन्द्रित छन्’:-देवेन्द्र दाहाल

  • समाचारपाटी
  • शनिबार, अशोज १, २०७९
‘यतिबेला गठबन्धन बनाएर सबै राजनीतिक शक्ति एमालेबिरुद्धमा केन्द्रित छन्’:-देवेन्द्र दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने जिकीर गर्नुभएको छ । निर्वाचनमा वहुमत ल्याउने र मुलुकलाई समृद्धि दिन्छु भन्न नसक्ने सत्तारुढ गठबन्धनलाई जनताले भोट हाल्न नहुने उहाँको भनाई थियो । शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नेकपा एमालेले भने आगामी निर्वाचनमा वहुमत ल्याएर मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको दाबीसमेत गर्नुभयो । सांसद दाहालले सत्तारुढ गठबन्धनसँग मुलुक बनाउने नभई नेताहरु व्यवस्थापन गर्ने उद्देश्य मात्रै भएको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचनमा सबै राजनीतिक दलहरु केन्द्रित भएर लागिरहेको अवस्था छ । यतिबेला गठबन्धन बनाएर सबै राजनीतिक शक्ति एमालेबिरुद्धमा केन्द्रित छन् । यो गठबन्धन के को गठबन्धन हो रु मान्छेहरुले बुझ्न सकेका छैनन् । र, आ–आफ्नै खालका तर्कहरु छन् । गठबन्धनवालाहरुको के तर्क छ भने यो प्रतिगमन बिरुद्धको गठबन्धन हो । प्रजातन्त्रका लागिको गठबन्धन हो । मैले यसो हेरेँ । के प्रतिगमन भएकै हो रु यसमा कति मान्छे पक्राउ परे, कतिलाई यातना दिइयो रु कति मान्छेहरुले दुःख पाए रु आफ्ना आवाजहरु उठाउन पाएनन रु भन्दा केही पनि छैन । प्रजातन्त्रमाथि खतरा कहाँ छ रु भन्दा त्यो पनि छैन । अर्कोतर्फ आम जनताको के तर्क छ भने यो गठबन्धन बाँडिचुँडी खानका लागि हो । बजेट बनाउँदा वा करका दहरु निर्धारण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर दलाल पुँजीपति वर्गहरुको रक्षामा करका सहुलियत वा छुट दिने, सिसीटिभी फुटेज नष्ट गर्ने वा लुकाउने र गठबन्धनको वहुमत हुनेगरी संसदीय छानबिन समिति बनाउने र वहुमतको आधारमा रिपोर्ट बनाएर दुनियाँलाई मूर्ख बनाउने गठबन्धन हो । अर्कातिर जनताले यो भनिरहेका छन् । यो गठबन्धन सत्ताको लुछाचुँडीका लागि हो । यो गठबन्धन विकास, निर्माणको काम अवरुद्ध गर्ने गठबन्धन हो । राष्ट्रियताको पक्षमा उभिएकाहरुको र चुच्चे नक्शा जारी भएपछि त्यसको बिरुद्धको अव यो लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो भन्ने आवाज दबाउने र त्यो जमिन प्राप्त गर्न लाग्ने अभियानलाई रोक्ने गठबन्धन हो । यो कुरा पनि जनताले उठाइरहेका छन् । सत्य के हो रु साँचो के हो रु जनताले भोलि मूल्यांकन गर्नेछन् । मैले यो पृष्ठभूमिको रुपमा मात्रै उठाएको हो । यो गठबन्धनले दलहरुबीच चुनावमा प्रतिष्पर्धा गर्न दिएको छ त रु यो गठबन्धनले त्यसो गर्न दिएको छैन । यहाँ त जीवनभर क्रान्तिको कुरा गरेको छ । नयाँ जनवाद, प्रजातान्त्रिक समाजवाद भनेको छ । अनि बल्ल ५ वर्षमा आउने निर्वाचनमा जनतालाई काँग्रेसले हँसिया हतौडामा भोट हाल्न लगाउने माओवादीले रुखमा भोट हाल्न लगाउँछ । के त्यसै गर्दा समाजवाद आउँछ रु प्रजातान्त्रिक समाजवाद आउँछ रु के त्यसै गर्दा नयाँ जनवाद आउँछ रु यो जनताप्रति धोका होइनन् र रु मेरो प्रश्न यहाँनेर छ । एउटा मलाई प्रश्न गर्न मन लागेको छ–के एमाले बाहेक सबै राजनीतिक दलहरुसँग एक्लै चुनाव लड्ने सामथ्र्य गुमिसकेको हो रु सुनिदैछ यो गठबन्धन अझै कसिलो बनाउने रे । तर बालुवाटारमा बालुवा पेलिँदैछ । तर, केही निस्केको छैन । त्यहाँ सिट बाँडफाँड गरिँदैछ । तर, त्यो सिट बाँडफाँट गर्न सकिएको छैन । सम्माननीय अध्यक्ष महोदय, मलाई यस सन्दर्भमा लामो समयदेखि प्रजातन्त्रका लागि लडेको नेपाली काँग्रेस यहाँ छ । मैले काँग्रेसपटी लाञ्छना गर्न खोजेको छैन । पूर्व राष्ट्रपति रामवरण यादवले भनेको कुरा मैले सम्झिरहेकोे छु–भर्खर मात्रै उहाँले एउटा स्टेटमेन्ट दिनुभएको छ । वक्तव्य दिनुभएको छ । के भन्नुभएको छ भने नेपाली काँग्रेस जनतासँग जान पनि अरु दलसँग अंशबण्डा गरिरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । अनि, उहाँले भन्नुभएको छ–मेरो कुरा होइन । अहिले टिकट किनबेच भइरहेको छ । काँग्रेसमा समानुपातिकको टिकट बिक्री भईरहेको छ । पूर्वराष्ट्रपति, जो नेपाली काँग्रेसमा लामो समय बिताउनुभएको छ । उहाँले भन्नुभएको हो । र अब दलहरुले आफ्ना चुनाव चिन्ह बिर्सन थालेका छन् । यो गठबन्धन विचारमा पनि आधारित भएन । गठबन्धनको लक्ष्य पनि अन्योलग्रस्त छ । म एउटा चुनौति दिन चाहन्छु– काँग्रेस वा माओवादी कसैले पनि हामी एक्लै वहुमतको सरकार बनाउनसक्छौं भन्ने स्थिति छैन । सक्नुपर्ने हो । निर्वाचनमा जाँदाखेरीत म एक्लै बहुमतको सरकार बनाएर जनतालाई, जनताको नेतृत्व गर्छु, विकास गर्छु । समृद्धि ल्याउँछु भनेर भन्न सक्नुपर्ने हो । तर, भन्नसक्ने स्थिति छैन । र, जनताले सुन्नेगरी म भन्न चाहन्छु–वहुमतको सरकार बनाउँछौ भनेर हामी भन्छौं । मुलुकको स्थिरताको लागि भनेर नेकपा एमालेले त्यो भन्छ । र, जसले वहुमतको सरकार बनाउनसक्छु भनेर भन्न सक्दैन । त्यसलाई जनताले भोट हाल्दैनन् भन्ने लाग्छ मलाई । हाल्नु हुँदैन । मतदान गर्नु हुनेछैन जनताले । र, त्यस्तोलाई भोट दिनुहुँदैन भन्छु म । किनभने के उद्देश्य हो रु के लक्ष्य हो रु के दिने हो रु भन्ने कुरा पार्टीले पार्टी खोलेर बसिसकेपछि भन्न सक्नुपर्छ । र, कसैले भन्न सक्नुहुन्छ जस्तो लाग्दैन । कसले भन्छ त रु बहुमतको सरकार बनाएर यो देशको समृद्धि गर्छु, यो देशको मुहार फेर्छु भनेर कसले भन्नसक्छ रु उनी अस्थिरता, अनियमिता, भागबण्डा देशले काँचुली कहिले फेर्ने रु यहाँ देश बनाउन होइन, नेताहरुको व्यवस्थापनको कुरा भइरहेको छ ।’
सांसद दाहालले सत्तारुढ गठबन्धनले मुलुकलाई फेरि अस्थिरतातर्फ लैजाने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै नेपाली जनताले उनीहरुलाई निर्वाचनमा मतदान नगर्ने बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका