जय नेपाल हलको कम्पाउण्डभित्रै टुकुचा खोला भेटियो • Nepal's Trusted Digital Newspaperजय नेपाल हलको कम्पाउण्डभित्रै टुकुचा खोला भेटियो • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • जय नेपाल हलको कम्पाउण्डभित्रै टुकुचा खोला भेटियो

जय नेपाल हलको कम्पाउण्डभित्रै टुकुचा खोला भेटियो

  • समाचारपाटी
  • शुक्रबार, भदौ ३१, २०७९
जय नेपाल हलको कम्पाउण्डभित्रै टुकुचा खोला भेटियो

जय नेपाल हलको कम्पाउण्डमा १५ फिट खन्ने बित्तिकै टुकुचा खोला भेटिएको छ । बिहीवार काठमान्डौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा टुकुचा खोला १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो । महानगरपालिकाले नक्शाअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा खोला भेटिएको जनाएको छ ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब रहेको थियो । विगत लामो समयदेखि स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो । गत साउन १२ गते काठमान्डौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । महानगरले उक्त सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफैँ टुकुचा खोलाको खोजिमा जुटेको थियो । महानगरले टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ शुरु गर्दा काठमाडौंको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीवार डोजेर लिएर पुगेको थियो ।

Sequence 09.06 44 52 09.Still3300 Sequence 09.06 44 56 10.Still3301 Sequence 09.06 44 58 08.Still3302 Sequence 09.06 45 02 19.Still3303

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका