'अहिले तीन सय डलर भन्दा माथिका मोबाइल फोन आयात बन्द छ':-दीपक मलहोत्रा • Nepal's Trusted Digital Newspaper'अहिले तीन सय डलर भन्दा माथिका मोबाइल फोन आयात बन्द छ':-दीपक मलहोत्रा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘अहिले तीन सय डलर भन्दा माथिका मोबाइल फोन आयात बन्द छ’:-दीपक मलहोत्रा

‘अहिले तीन सय डलर भन्दा माथिका मोबाइल फोन आयात बन्द छ’:-दीपक मलहोत्रा

  • समाचारपाटी
  • शुक्रबार, भदौ ३१, २०७९
‘अहिले तीन सय डलर भन्दा माथिका मोबाइल फोन आयात बन्द छ’:-दीपक मलहोत्रा

मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष दीपक मलहोत्राले मोबाइल फोनको आयात तत्काल खोल्नुपर्ने बताउनुभएको छ ।

बिहीवार मोबाइल डिभाईस म्यानेजमेण्ट सिष्टमको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष मलहोत्राले सरकारले हचुवाको भरमा मोबाइल फोन आयात रोकेको भन्दै तत्काल खोल्नुपर्ने बताउनुभएको हो । उहाँले मोबाइल फोन आयात बन्द हुँदा बजारमा मोबाइल आयातमा ठूलो विकृति बढेको बताउनु भयो । अध्यक्ष मलहोत्राले नेपालमा ५० प्रतिशत भन्दा बढी मोबाइल फोनहरु चोरी पैठारीबाट नेपाल भित्रिने गरेको बताउनु भयो । उहाँले धेरै लामो समयको प्रयासपछि मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस शुरु भएकाले आजदेखि अवैध रुपमा भित्र्याएका मोबाइल फोनहरु बन्द हुने बताउनु भयो । अध्यक्ष मलहोत्राले सरकारले मोबाइल फोनको आयात बन्द गर्दा अवैध आयात बढेको बताउनु भयो । उहाँले नेपालमा वार्षिक ५५ अर्ब भन्दा बढीको आयात हुने भएपनि यो वर्ष २७ अर्ब रुपौयाँको मोबाइल फोन आयात हुने बताउनु भयो । उहाँले वैधानिक रुपमा मोबाइल आयात बन्द गर्दा अवैध रुपमा नेपाल आयात २८ अर्बको हुने दाबी गर्नुभयो । अध्यक्ष मलहोत्राले सरकारलाई मोबाइल फोन आयात गर्दा २५ प्रतिशत अर्थात ७ अर्ब रुपैयाँ बराबरको राजश्व गुम्ने बताउनु भयो । उहाँले नेपालमा ७० प्रतिशत वैधानिक रुपमा र ३० प्रतिशत अवैध रुपमा मोबाइल फोन आयात हुने गरेको बताउनु भयो । उहाँले मोबाइल फोन आयात खोल्नको लागि सरकारलाई बारम्बार ध्यानाकर्षण गर्दा समेत व्यवसायीहरुको कुरा नसुनेको बताउनु भयो । उहाँले अवैध रुपमा नेपालमा आयात भएका मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू भएको उपलक्ष्यमा मोबाइल व्यवसायीहरुले एक दिन दीपावली बनाउने घोषणा गर्नुभयो । उहाँले मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू हुनु मोबाइल व्यवसायीहरुको जित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले तीन सय डलर भन्दा माथिका मोबाइल फोन आयात बन्द छ । यो फोन बन्दहुँदा मोबाइलमा ठूलो विकृति थियो । ५० प्रतिशत भन्दा बढी मोबाइल फोनहरु चोरी पैठारीबाट मोबाइल फोनहरु नेपाल भित्रिने गरेका थिए । आजबाट अवैध रुपमा नेपाल भित्रिएका मोबाइलहरु बन्द हुन्छन् । मोबाइल फोन विलासिताको वस्तु होइन । मोलाइल फोन आयात खोल्नुपर्छ । नेपालमा वार्षिक रुपमा ५५ अर्ब बराबरको आयात हुन्छ । सन् २०२१ मा कानूनी रुपमा ३८ अर्ब रुपैयाँको आयात भएको थियो भने करिव १७ अर्ब अवैध रुपमा आयात भएको देखिन्छ । नेपालमा ७० प्रतिशत वैधानिक रुपमा र ३० प्रतिशत अवैध रुपमा आयात हुने गरेको छ । मोबाइल फोन आयात बन्द गर्दा २७ अर्बको मात्रै आयात हुने रहेछ । २८ अर्ब रुपैयाँको अवैध मोवाइल फोन आयात हुने रहेछ । अवैध मोबाइल आयात गर्दा राज्यले २५ प्रतिशत अर्थात ७ अर्ब रुपैयाँको राजश्व गुमाएको देखिन्छ । डलरमा करिव २२ करोड डलर आयात रोकिएको देखिन्छ । सरकारले दीर्घकालिन असर नहेरी मोबाइल फोन हचुवाको भरमा आयात बन्द गरेको छ । राज्यलाई धेरै पटक ध्यानाकर्षण गर्यौं तर सरकारले व्यवसायीहरुका कुरा सुन्ने गरेको छैन । यो खुशीयालीमा ५० हजार मोबाइल व्यवसायीहरुले दीपावली मनाउँछौं ।’

 

चार वर्षको लामो समयको प्रयासपछि सरकारले बिहीवारदेखि अवैध रुपमा आयात भएका मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस शुरु गरेको छ । आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस शुरु गरेको हो । नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट प्रणाली कार्यान्वयमा ल्याएको हो । यो प्रणाली लागू भएसँगै नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । यदी दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा चल्दैनन् । यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वतः चल्नेछन् भने प्रणाली लागू हुनुभन्दा पछिका सबै मोबाइल दर्ता गर्नुपर्ने भएको छ ।

gya gyane

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका