'लेभ्निङको सफर दशैँ तिहारमा डबल अफर’ नामक स्किम सार्वजनिक • Nepal's Trusted Digital Newspaper'लेभ्निङको सफर दशैँ तिहारमा डबल अफर’ नामक स्किम सार्वजनिक • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘लेभ्निङको सफर दशैँ तिहारमा डबल अफर’ नामक स्किम सार्वजनिक

‘लेभ्निङको सफर दशैँ तिहारमा डबल अफर’ नामक स्किम सार्वजनिक

  • समाचारपाटी
  • बिहिबार, भदौ ३०, २०७९
‘लेभ्निङको सफर दशैँ तिहारमा डबल अफर’ नामक स्किम सार्वजनिक

काठमान्डौं । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको विद्युतीय स्कुटरमा दशैँ अफर ल्याएको छ ।
‘लेभ्निङको सफर दशैँ तिहारमा डबल अफर’ नामक स्किम सार्वजनिक गर्दै कम्पनीले ग्राहकले घरमै बसेर आफ्नो मोबाइलबाट अंग्रेजी अल्फाबेटमा ईभी नेपाल लेखेर स्पेस दिएर ११११ लेखे पश्चात ३५००१ मा एसएमएस पठाउँदा (EVNEPAL<space>1111 and send it to 35001)१ लाँख रुपैयाँ सम्म छुट पाउन सकिने व्यवस्था गरेको छ ।

साथै, ग्राहकले आफ्नो पायक पर्ने नजिकैको शोरुम गएर शोरुमले दिएको कोडमा एसएमएस गरेर पुनः छुट पाउन सक्नेछन् । यसमा दुई पटक एसएमएसमार्फत डबल छुट पाउन सकिनेछ । जसमा ७ हजार देखि ५ लाख सम्म छुट रकम म्यासेजमा आउने छ ।

ग्राहकलाई म्यासेजमा आएको रकम अनुसार स्कुटर किन्दा कम्पनीले छुट दिने जनाएको छ । कम्पनीले नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सक्ने र कुनै पनि पेट्रोल बाइकसँग एक्सचेन्ज गर्ने व्यवस्था समेत गरिदिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका