सिप्रदी अटो पार्ट्सको ‘टाटा च्याम्पियन जोन’ सप्तकोसी सप्लायर्सको दशैँ अफर • Nepal's Trusted Digital Newspaperसिप्रदी अटो पार्ट्सको ‘टाटा च्याम्पियन जोन’ सप्तकोसी सप्लायर्सको दशैँ अफर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सिप्रदी अटो पार्ट्सको ‘टाटा च्याम्पियन जोन’ सप्तकोसी सप्लायर्सको दशैँ अफर

सिप्रदी अटो पार्ट्सको ‘टाटा च्याम्पियन जोन’ सप्तकोसी सप्लायर्सको दशैँ अफर

  • समाचारपाटी
  • बिहिबार, भदौ ३०, २०७९
सिप्रदी अटो पार्ट्सको ‘टाटा च्याम्पियन जोन’ सप्तकोसी सप्लायर्सको दशैँ अफर

काठमान्डौं । सिप्रदी अटोपार्ट्स प्रा. लि. को इटहरीस्थित आधिकारिक बिक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दशैँ अफर ल्याएको छ । नेपालीहरूको महान चाड दशैँको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो ।

अफरको टाटा मोटर इन्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेसनल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्स प्रा. लि. का सिनियर जनरल म्यानेजर युवराज बुढाथोकीले संयुक्त रुपमा गर्नुभएकाे हाे ।

टाटा कमर्सियल गाडीका धनीले अझ बढि सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन् भन्ने उद्देश्य सहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयु बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुटकारा मिल्ने विश्वास कम्पनीले लिएको छ ।

यो अफरमा ग्राहकले एक बट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल निशुल्क पाउनेछन् । यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, ब्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका सञ्चालक बोध प्रसाद तिमल्सिनाले बताउनुभयाे । यो अफरबाट धेरैभन्दा धेरै गाडी धनीले लाभ उठाउन सक्ने उहाँको भनाई छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका