कास्कीमा वैदेशिक रोजगार छात्रवृत्ति बितरण • Nepal's Trusted Digital Newspaperकास्कीमा वैदेशिक रोजगार छात्रवृत्ति बितरण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कास्कीमा वैदेशिक रोजगार छात्रवृत्ति बितरण

कास्कीमा वैदेशिक रोजगार छात्रवृत्ति बितरण

  • समाचारपाटी
  • बिहिबार, भदौ ३०, २०७९
कास्कीमा वैदेशिक रोजगार छात्रवृत्ति बितरण

पोखरा । कास्की जिल्लाबाट २०७८ सालको वैदेशिक रोजगार छात्रवृत्तिका लागि आवेदन दिएर छनोट भएका बिद्यार्थिहरुलाइ बुधबार छात्रवृत्ति बितरण गरिएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख समेत रहनुभएका जिल्ला शिक्षा समिती कास्कीका संयोजक लिलाधर पौडेलले विशेष कार्यक्रमका बीच उक्त छात्रवृत्ति बितरण गर्नुभएकाे हाे ।

सो अवसरमा पौडेलले सो छात्रवृत्ति बिद्यार्थिहरूको अध्ययनका लागि यथेष्ट नभएपनी केही सहयोग अवश्य पुग्ने बताउँदै सो दायारा बढाउन आफ्नो निकाय प्रयत्नशिल रहने बताउनुभयाे ।

उहाँले रोजगारिको खोजिमा बिदेशिएका नेपालिहरूले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य गर्ने एकमात्र उपाय स्वदेशमै रोजगारी सृजना भएको उल्लेख गर्नुभयाे।

कार्यक्रममा कास्की जिल्लाबाट छात्रवृत्तिका लागि आवेदन दिएका मध्ये छनोटमा परेका ६० जना बिद्यार्थिहरुलाइ सो छात्रवृत्ति प्रदान गरिएको शिक्षा बिकास समन्वय इकाई कास्कीका प्रमुख उप सचिव नारायण प्रसाद सुवेदिले जानकारी दिनुभयाे। उहाँका अनुसार गत बर्ष ७० जनाले आवेदन दिएकोमा मापदण्ड पुगेका ६० जना वैदेशिक रोजगार प्रवद्धन बोर्डबाट छनोटमा परेका हुन।

बैदेशिक रोजगारका क्रममा जीवन गुमाउन पुगेका ब्यक्तिहरुका आश्रीत परिवारका बढिमा तीन जना सम्म १८ बर्ष मुनिका बिद्यार्थिहरुलाइ बोर्डले आवेदनका आधारमा बार्षिक रूपमा छात्रवृत्ति उपलब्ध गराउने गर्दछ ।

जसअनुसार पूर्व  प्राथमिक तह देखि कक्षा आठ सम्मका बिद्यार्थीहरूका लागि बार्षिक आठ हजार र कक्षा ९ देखि १२ सम्मका बिद्यार्थिहरूका लागि रू १२ हजार छात्रवृत्ति प्रदान गर्ने गर्दछ।

सो अवसरमा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल , शाखा अधिकृतद्वय प्रकाशबन्धु अर्याल र भरत बराल , बिद्यार्थिद्वय पूजन परियार र अन्जन कार्की ,अभिभावक महेश्वरी भण्डारी बास्तोला लगाएतले मन्तव्य ब्यक्त गरेका थिए।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका