'पिल्सिएको प्रेम':- सुदिप अधिकारी (मेघराज) • Nepal's Trusted Digital Newspaper'पिल्सिएको प्रेम':- सुदिप अधिकारी (मेघराज) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘पिल्सिएको प्रेम’:- सुदिप अधिकारी (मेघराज)

‘पिल्सिएको प्रेम’:- सुदिप अधिकारी (मेघराज)

  • समाचारपाटी
  • बिहिबार, भदौ ३०, २०७९
‘पिल्सिएको प्रेम’:- सुदिप अधिकारी (मेघराज)
मन उहीँ पुग्छ । जे नहोस भन्छु त्यही हुन्छ । आँखाहरु लालायित हुनछन् , परेलाहरु अनायसै चलबलाउन थाल्छन् । उनीका मुहारमा खुरुर्र दौडिएका लाजका टोनाडोहरु प्रष्ट छन्। जति टाढिन खोज्दा पनि आफू टाढिन नसकेकोमा चिन्ता र भय दुबै उसका मन मुटु हुँदै दिमागमा आएर थिग्रिएका छन् ।
अब म के गरु, भन्दिउ सबै ? जे हो यथार्थ त्यही ? बाकी पनि के छ र ? के नै राखेको छु र अब भन्न । म आफैत सकिन, उसलाइ के दोस दिनु । पुरुष हो, अलिकति घमण्ड गर्नु स्वभाविक पनि हो । म पनि त जति टाढिएको नाटक गरेपनी झनै नजिक भएको छु । यसो देख्दा पनि सिरिङ्ग हुन्छ, मुटुमा भाइब्रेसन हुन्छ । मन र दिमाग बिच एकैपटक पोजेटिभ र नेगेटिभ पोइन्टहरु उसैसगँ गएर जोडिएझै गरि विद्धुतिय प्रवाहा हुन्छ ।
न मनबाट उ आफै हट्यो न हटाउननै सके । उसले त सक्दो गरेको हो र पनि सकेन । मनका कुरालाइ दिमागले गरोस न के । मननै मारिदिनु ? मननै मरेपछी दिमाग के गर्ला ?
जीवनमा उ कस्तो बनेर आयो । कसरी जुर्यो हाम्रो समय । को थियो साचि हाम्रो निकटताको । कि उ , कि म । अनि फेरि यति विग्न तड्पाइ के का लागी । टाढै रहन भनेकै छु । रहन पनि सक्ला । उ सकेन भने म के गरु ? केही उपाय पो जो छैन ।
सबै कुरा बिर्सिएर,आँखा चिम्लिएर बस्दा पनि छटपटी हुन्छ। नदेखे पनी आँखा चिम्लिए सरह हुन्छ । उ जहाँ भएपनि वाइफाइ हटस्पोट जस्तै गरि यी नयनहरुले टिपिहाल्छन् । आखिर भएको हो चाहिँ के , पत्तो छैन ।
कहिले काहीँ त झ्याप्पै अंगालोमा बेरिएर, उसैका गालामा चुम्दै अझै टाढा भैदेउन भनम कि लाग्छ । हिम्मत पनि लजाउछन् ।
उ पनी मेरा लागि सुविन भट्राइको ईजोरिया बनेको छ। चम्काइ प्रष्ट छन् । उ हार मान्ने र हरेश खाने पुरुष होइन । उसलाइ पक्का थाहा छ कठिनाइ, कहाँ गएर रोकिने भन्ने कुरामा उ म भन्दा धेरै नजिक छ । अहिले त उसलाइ र उसको प्रेमलाइ बिट मार्न नसकेको म , पछी सकुला ? खै । पत्यारै लाग्दैन । उसले आट्ला ? त्यो पनि भर छैन । कस्तो टोनाडोमा फस्यो मन, न निस्कन सकिने न त्यही रहन नै ।
इमान्दारिताको पनि हद हुन्छ । कति इमान्दार छ उ । मैले भनेका कुरामा उसले कहिल्लै अटेर गरेन ।  हर ठाउँमा अंकुस लगाएर, उसलाइ रोकेर म कस्तो बहादुरि देखाउदै छु ? कि म उसको रिमोट बने ? रिमोटमा त ब्याट्रि हुन्छ । ब्याट्रि बिना रिमोट जो चल्दैन । अनि म रिमोट बनेर के गर्नु ? फेरि ब्याट्रि त उहीँ हो। आकाशबाट तारा झर्दा पनि उसैको नाम फ्याट्ट आइहाल्छ । कस्तो नाम ? बिर्सियोकी याद भईहाल्ने । कहाँ कुन फोल्डरमा बसेको छ ? पुरै स्क्यान गर्दा पनि मेटिदैन । नाम  मात्र प्यारो ।
के सोच्ला उसले मलाइ । कसरी सकेको होला नजिकै भएर पनि टाढिएर रहन । म भए त सक्थिन होला । यसरी टाढिन, नबोली बस्न । अ , अनि म आफै बोलेपनि हुन्न र ? म चाहिँ बेमौसमी तरकारी । महङ्गिएर बसु ? अनि कसैले महङ्गो भनेर किनिपो दिएन भने ? उसले त भनेको छ म अहिल्लै टाढिन सक्दिन । समय लाग्छ । तिम्रो प्रगति सगैँ म पनि टाढिने छु । कमसेकम त्यो दिन सम्म त पर्ख ? के भनेको हो उसले यो ? प्रगति भन्या के, पढाइ ? कति न उसैले पढाइदिए जस्तो । के चासो । न म उसको कोही , न मेरो उ ।
एकछिनमा  पर्दा खुल्छ । कथाकार बाहिर निस्कन्छन् । पुरापुर रङ्गमञ्च चलाबलाउन थाल्छ । सुचना जारि गरिन्छ र भनिन्छ लेखक काम विशेषले बाहिरिनु परेकाले, कथा पुरै सुनाउन सकिएन । आयोजकको तर्फबाट क्षमा चाहान्छौ ।
लेखक – सुदिप अधिकारी ( मेघराज ) 
ठेगना – सुन्दरबजार १० धुसेनी लमजुङ ।
हाल – काष्ठमण्डप , नेपाल ।।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका