''सरकारी कार्यालयमा कुल उपभोगको ६०-७० प्रतिशत स्वदेशी हुनै पर्ने गरी सीमा तोकौं'':-गगन थापा • Nepal's Trusted Digital Newspaper''सरकारी कार्यालयमा कुल उपभोगको ६०-७० प्रतिशत स्वदेशी हुनै पर्ने गरी सीमा तोकौं'':-गगन थापा – Nepal's Trusted Digital Newspaper ''सरकारी कार्यालयमा कुल उपभोगको ६०-७० प्रतिशत स्वदेशी हुनै पर्ने गरी सीमा तोकौं'':-गगन थापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ”सरकारी कार्यालयमा कुल उपभोगको ६०-७० प्रतिशत स्वदेशी हुनै पर्ने गरी सीमा तोकौं”:-गगन थापा

”सरकारी कार्यालयमा कुल उपभोगको ६०-७० प्रतिशत स्वदेशी हुनै पर्ने गरी सीमा तोकौं”:-गगन थापा

  • समाचारपाटी
  • बुधबार, भदौ २९, २०७९
”सरकारी कार्यालयमा कुल उपभोगको ६०-७० प्रतिशत स्वदेशी हुनै पर्ने गरी सीमा तोकौं”:-गगन थापा

काठमान्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोगका सीमा अनिवार्य तोक्नु पर्ने बताउनुभएकाे छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा पत्र प्रस्तुति कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।

स्वदेशी उद्योग जोगाउन र स्वदेशी उत्पादन स्वदेशमै खपत हुने अवस्था सृजना गर्न सरकारी कार्यालयमा उपभोग हुने कुल वस्तुको ६० देखि ७० प्रतिशत स्वदेशी नै हुनुपर्ने सीमा तोकिनु पर्ने गगन थापाले बताउनुभयाे ।

‘सरकारी कार्यालयमा कुल उपभोगको ६०-७० प्रतिशत स्वदेशी हुनै पर्ने गरी सीमा तोकौं,’ गगन थापाले भन्नुभयाे, ‘देशमा सर्वसुलभ रुपमा उपलब्ध हुने वस्तु मात्रै हामीले प्रयोगमा ल्यायौं भने हाम्रा ती उत्पादन मुलक उद्योगको क्षमता बढ्छ ।’

सरकारले उद्योग र उत्पादनको सुरक्षा नगर्दा उत्पादनमूलक उद्योगको संरक्षण हुन नसकेको पनि उहाँले बताउनुभयाे । सरकारले बजेटमार्फत अघि सारेको प्रधानमन्त्री नेपाली प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमले यसलाई टेवा पुर्‍याउने पनि थापाले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका