भोलिदेखि विदेशबाट आएका मोबाइल सेट नचल्ने • Nepal's Trusted Digital Newspaperभोलिदेखि विदेशबाट आएका मोबाइल सेट नचल्ने • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • भोलिदेखि विदेशबाट आएका मोबाइल सेट नचल्ने

भोलिदेखि विदेशबाट आएका मोबाइल सेट नचल्ने

  • समाचारपाटी
  • बुधबार, भदौ २९, २०७९
भोलिदेखि विदेशबाट आएका मोबाइल सेट नचल्ने

काठमान्डौँ । विदेशबाट अवैध रुपमा ल्याइएका मोबाइल फोनहरू सेप्टेम्बर १५ अर्थात् भोलिबाट नचल्ने भएका छन् । यसको लागि पर्याप्त पूर्वाधार बन्न नसकेको भएपनि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सिस्टम लागू गरेर विदेशबाट अवैध रूपमा ल्याइएका मोबाइल बन्द गर्न लागिएको हो ।

विगत चार वर्ष देखि चर्चामा रहेको र गत आर्थिक वर्षको बजेटमा नै उल्लेख भएतापनि पर्याप्त तयारी नभएको भन्दै नेपाल दुरसञ्चार प्राधिकरणले एमडिएमएस लागू गर्न सकेको थिएन । तर, यसपटक भने प्राइमरी डेटा सेन्टर बन्न नसकेपनि सेकेन्डरी डेटा सेन्टरबाट एमडिएमएस लागू गर्न लागिएको हो।

त्यसका लागि ,नेपाल दूरसञ्चार प्राधिकरणले भोलि (बिहिबार) होटल हिमालय कुपन्डोलमा एक औपचारिक कार्यक्रम गर्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीको सफ्ट लञ्च गर्ने भएको छ ।

देशमा वैदेशिक मुद्रा सञ्चिति घटेको भन्दै नेपाल राष्ट्र बैंकले तिन सय डलर भन्दा माथिका मोबाइल सेट आयतमा प्रतिबन्ध लगाएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका