नेपाल भ्रमणमा रहनुभएका लि चान्सुद्धारा भक्तपुर दरबार क्षेत्र अवलोकन • Nepal's Trusted Digital Newspaperनेपाल भ्रमणमा रहनुभएका लि चान्सुद्धारा भक्तपुर दरबार क्षेत्र अवलोकन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल भ्रमणमा रहनुभएका लि चान्सुद्धारा भक्तपुर दरबार क्षेत्र अवलोकन

नेपाल भ्रमणमा रहनुभएका लि चान्सुद्धारा भक्तपुर दरबार क्षेत्र अवलोकन

  • समाचारपाटी
  • बुधबार, भदौ २९, २०७९
नेपाल भ्रमणमा रहनुभएका लि चान्सुद्धारा भक्तपुर दरबार क्षेत्र अवलोकन
photosource:-annapurnapost

काठमान्डौं नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेस,स्थायी समिति अध्यक्ष लि चान्सुले भक्तपुर दरबार क्षेत्र अवलोकन गर्नुभएकाे छ। लि नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनल प्रजापतिले स्वागत गर्नुभएकाे थियाे।

अवलोकनका क्रममा अध्यक्ष लीले पाँचतले मन्दिर परिसरमा राखिएका भक्तपुरको कला, संस्कृति झल्किने तस्बिरबारे जानकारी लिनुभएकाे थियाे।

प्रतिनिधिमण्डलका सदस्यहरुले भक्तपुर नगरपालिकाले हालै पुनर्निर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गरेका थिए।

लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएकाे थियाे। लीले मंगलबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएकाे थियाे।

चारदिने भ्रमणका लागि ली सोमबार काठमान्डौं आउनुभएकाे  अध्यक्ष ली भ्रमण सम्पन्न गरी भदौ ३० गते बिहान विशेष विमानबाट स्वदेश फर्किने कार्यक्रम रहेकाे छ।

RS KTM 008A6833 20220914121452

RS KTM 008A6878 20220914121452

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका