टेल्जीको फेस्टिभ अफर सार्वजनिक, स्कुटर खरिदमा १० हजार छुट • Nepal's Trusted Digital Newspaperटेल्जीको फेस्टिभ अफर सार्वजनिक, स्कुटर खरिदमा १० हजार छुट • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • टेल्जीको फेस्टिभ अफर सार्वजनिक, स्कुटर खरिदमा १० हजार छुट

टेल्जीको फेस्टिभ अफर सार्वजनिक, स्कुटर खरिदमा १० हजार छुट

  • समाचारपाटी
  • बुधबार, भदौ २९, २०७९
टेल्जीको फेस्टिभ अफर सार्वजनिक, स्कुटर खरिदमा १० हजार छुट

काठमान्डौं । विद्युतीय स्कुटर टेल्जीको आधिकारिक वितरक कम्पनी ओम माई मोटर्सले फेस्टिभल अफर ल्याएको छ । नजिकिँदै गरेका पर्वहरूलाई लक्षित गरिएको उक्त अफर अन्तर्गत कम्पनीले प्रत्येक टेल्जी स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट तथा १७ हजार रुपैयाँ बराबरको अन्य उपहार योजना सार्वजनिक गरेको हो ।

यस अफरमा नगद छुट बाहेक स्कुटरको खरिदमा फुल इन्स्युरेन्स र एक वर्षको रोड ट्याक्स निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ । साथै, कम्पनीका ग्राहकले हरेक स्कुटरमा स्मार्ट प्लग, हेलमेट, ब्याक रेष्ट जस्ता एशोसरिज निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले सार्वजनिक गरेको यो योजनामा ग्राहकले इजी फाइनान्सको सुबिधासँगै एक्सचेन्जको सुविधा लिन सक्नेछन् । जसअन्तर्गत, ग्राहकले कुनैपनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग टेल्जीका स्कुटर एक्सचेन्ज गर्न सक्ने व्यवस्था गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका