अशोक लेल्याण्डको चाडपर्व अफर 'हर्षको बहार लैजानुहोस् छानी छानी उपहार' सार्वजनिक • Nepal's Trusted Digital Newspaperअशोक लेल्याण्डको चाडपर्व अफर 'हर्षको बहार लैजानुहोस् छानी छानी उपहार' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अशोक लेल्याण्डको चाडपर्व अफर ‘हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ सार्वजनिक

अशोक लेल्याण्डको चाडपर्व अफर ‘हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ सार्वजनिक

  • समाचारपाटी
  • बुधबार, भदौ २९, २०७९
अशोक लेल्याण्डको चाडपर्व अफर ‘हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ सार्वजनिक

काठमान्डौँ । आइएमई मोटर्सले दसैँ तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरूमा ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुई जानालाई थाइल्यान्ड टुर पाउनेछन्।

कम्पनीले बिक्री गर्दै आएको आइसिभी, ट्रक, टिप्पर, आइसिभी बसको खरिदमा राफ्ट जिस्पा विद्युतीय स्कुटर वा सुन अथवा दुई जनालाई सिङ्गापुर टुर पाउनेछन्। एम एण्ड एचसीभी ट्रक, टिप्पर, एमडीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर वा सुन अथवा एक जानलाई युरोप टुर मध्ये एक छानेर लिन सक्नेछन् ।

कम्पनीका ग्राहकले उपहार सहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्ताबन्दीमा भुक्तानी गरी कुनै पनि सवारीसाधनहरु खरिद गर्न सक्नेछन् । यो अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरूमा उपलब्ध हुने र सीमित अवधीका लागि मात्र लागू गराइएको विज्ञप्तिमा उल्लेख भएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। रेमिटेन्स, बैङ्किङ इन्स्युरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठूला कमर्सियसल गाडीहरू बिक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरू पनि उपलब्ध गराउँदै आएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका