कुलेन्द्र बिस्वकर्मा र गीता देबीको स्वरमा आयो ''अभागी रैछु नि'' (भिडियो सहित) • Nepal's Trusted Digital Newspaperकुलेन्द्र बिस्वकर्मा र गीता देबीको स्वरमा आयो ''अभागी रैछु नि'' (भिडियो सहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कुलेन्द्र बिस्वकर्मा र गीता देबीको स्वरमा आयो ”अभागी रैछु नि” (भिडियो सहित)

कुलेन्द्र बिस्वकर्मा र गीता देबीको स्वरमा आयो ”अभागी रैछु नि” (भिडियो सहित)

  • समाचारपाटी
  • बुधबार, भदौ २९, २०७९
कुलेन्द्र बिस्वकर्मा र गीता देबीको स्वरमा आयो ”अभागी रैछु नि” (भिडियो सहित)

काठमान्डाैँ ।  काँठ क्षेत्रकालाई सर्वाधिक रुचाइएकि लोकप्रिय गायिका गीता देवीले पछिल्लो समय आफ्नै प्रस्तुतिमा ”अभागी रैछु नि” बोलको गीत सार्बजनिक गर्नुभएकाे छ । उहाँले आफ्नै प्रस्तुतिमा यो गीत बजारमा ल्याउनुको कारण भने कुनै पनि गीत संगीतलाई भेगीय हिसाबले अलग राख्नु हुन्न भन्ने मनसाय रहेको बताउँहुन्छ । फलस्वरूप यो पश्चिमी क्षेत्रतिर अत्यन्त रुचाइने भाका हो । त्यसो त गीताले यस भन्दा पहिले पनि उक्त भेगका गीतहरु गाइसक्नुभएकाे छ । उहाँ के पुर्व के पश्चिम सबै भूभागको गीतलाई उत्तिकै न्याय दिएर गाउने भएकोले पनि दुनियाँको उच्च रोजाइमा पर्नुभएकाे हाे ।

”अभागी रैछु नि” बोलको गीतमा लोकप्रिय गायक कुलेन्द्र बिस्वकर्मा र गीता देबीको सुमधुर स्वर सुन्न सकिन्छ । निकै मर्मस्पर्सी गीतलाई लय प्रभावन जे को रहेको छ भने शब्द साजन पाराजुलिको रहेको छ । मेनुका डिजिटल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा शम्भु बराइली, गीता देबी, शिव भक्त लगाएत कलाकारहरुको अभिनय देख्न सकिन्छ यस गीतको म्युजिक भिडियोलाई निर्देशन राजेन्द्र भण्डारीले गर्नुभएकाे हाे भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गर्नुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका