खेलकुदका किर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा रनिङ्ग ट्रफी टुर कार्यदल गठन • Nepal's Trusted Digital Newspaperखेलकुदका किर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा रनिङ्ग ट्रफी टुर कार्यदल गठन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • खेलकुदका किर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा रनिङ्ग ट्रफी टुर कार्यदल गठन

खेलकुदका किर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा रनिङ्ग ट्रफी टुर कार्यदल गठन

  • समाचारपाटी
  • बुधबार, भदौ २९, २०७९
खेलकुदका किर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा रनिङ्ग ट्रफी टुर कार्यदल गठन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ्ग ट्रफी टुर कार्यदल गठन भएको छ । भाद्र २७ गते कार्यकारी समितिको निर्णयानुसार ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका किर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा ५ सदस्यिय कार्यदल गठन गरेको हो ।

कार्यदलमा श्री पारश खड्का (पूर्व क्रिकेट कप्तान), दीपक श्रेष्ठ (अध्यक्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ एवं साग पदकधारी), अरुणा शाही (कप्तान महिला भलिबल) र मिरा राई (अल्ट्रा म्याराथन धावक) सदस्य रहेका छन् ।

यहि भाद्र ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक संम्माननिय प्रधानमन्त्रीज्यूबाट उक्त रनिङ्ग ट्रफी सार्वजनिक गरिने र ट्रफी सुदूरपश्चिमाञ्चलबाट सुरु गरि सातै प्रदेशका साथै तीन विभागिय टोलीमा पुर्याईने ओलम्पियन संघका अध्यक्ष समेत रहेका बिष्टले जानकारी गराउनुभयाे ।

 

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका