२ सय ३ जना कोराना संक्रमित थपिए • Nepal's Trusted Digital Newspaper२ सय ३ जना कोराना संक्रमित थपिए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • २ सय ३ जना कोराना संक्रमित थपिए

२ सय ३ जना कोराना संक्रमित थपिए

  • समाचारपाटी
  • मङ्लबार, भदौ २८, २०७९
२ सय ३ जना कोराना संक्रमित थपिए

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा २ सय ३ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे मृत्यु भएकाे छैन । पछिल्लो २४ घन्टामा १ हजार ३ सय जनाकाे पिसिआर परीक्षण गर्दा ८७  जना र ३ हजार ७ सय ५९ जनाकाे एनटिजेन परीक्षण गर्दा १ सय १६ जना गरी २ सय ३ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर २ हजार २ सय ३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

देशभर ९ लाख ८४ हजार ७ सय १० जना काेराेना मुक्त भएका छन् । ५ हजार ५९ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या १२ हजार १५ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका