भारु ८७ हजार मूल्य पर्ने टीभीएसको स्कुटर सार्वजनिक • Nepal's Trusted Digital Newspaperभारु ८७ हजार मूल्य पर्ने टीभीएसको स्कुटर सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भारु ८७ हजार मूल्य पर्ने टीभीएसको स्कुटर सार्वजनिक

भारु ८७ हजार मूल्य पर्ने टीभीएसको स्कुटर सार्वजनिक

  • समाचारपाटी
  • मङ्लबार, भदौ २८, २०७९
भारु ८७ हजार मूल्य पर्ने टीभीएसको स्कुटर सार्वजनिक

काठमान्डौं । टीभीएस मोटर्सले भारतीय बजारमा एनटर्क १२५ स्पोर्टी स्कुटरको टप भेरिएन्ट उतारेको छ । कम्पनीले भारु ८७ हजार मूल्य निर्धारण गर्दै एनटर्क १२५ को टप भेरियन्ट सार्वजनिक गरेको हो ।

मरिन ब्लु कलरमा मात्र उपलब्ध हुने एनटर्क १२५ रेस एडिशनको सार्वजनिकसँगै कम्पनीले आधिकारिक बुकिङ खुल्ला गराएको छ ।

यसमा सवारीमा १२४।७ सीसीको सिगंल सिलिन्डर एयर कूल्ड इन्जिन रहेको छ । जसले ९।५ पीएस र १०।५ एनएम टर्क उत्पादन गर्दछ । यसमा स्मार्ट एक्सकनेक्टद्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस लगायतका फिचर उपलब्ध रहेका छन् ।

हाल नेपाली बजारमा एनटर्क १२५को ५ वटा भेरियन्टमा बिक्री हुँदै आएको छ । यसको टप भेरियन्टको मूल्य २ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ । नेपालमा यो सवारी बिक्री गर्दै आएको कम्पनीले चाडैं एनटर्क १२५ रेस एडिशन भित्र्याउने अनुमान गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका