गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन कल्चरबीच भगिनी सम्बन्ध कायम • Nepal's Trusted Digital Newspaperगण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन कल्चरबीच भगिनी सम्बन्ध कायम • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन कल्चरबीच भगिनी सम्बन्ध कायम

गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन कल्चरबीच भगिनी सम्बन्ध कायम

  • समाचारपाटी
  • मङ्लबार, भदौ २८, २०७९
गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन कल्चरबीच भगिनी सम्बन्ध कायम

कार्तिक २३ गते पोखरामा ‘रसियन कल्चर सो’ हुने

राजाराम पौडेल,पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन सेन्टर अफ साईन्स एण्ड कल्चर बीच भगिनी सम्बन्ध कायम भएको छ । जसको लागि सोमबार पोखरामा दुवैपक्षबीच एमओयू सम्झौता भएको छ । सम्झौता पत्रमा रसियन सेन्टर अफ साईन्स एण्ड कल्चरको तर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभयाे।

हस्ताक्षर पश्चात सदस्य सचिव श्रेष्ठले आफुहरुको कार्यकालको ऐतिहासिक सम्झौता भएको बताउनुभयाे । सम्झौता पश्चात हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुने उहाँको भनाई छ । ‘यो ऐतिहासिक सम्झौता हो, अब हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुनेछ’ श्रेष्ठले भन्नुभयाे ।

रसियन दुतावासका प्रथम सचिव समेत रहेका मास्लोभले गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिनुभयाे । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको छ, यो सम्बन्ध दीर्घकालिन बनाउने छौँ’ उहाँले वाचा गर्नुभयाे ।

सम्बन्ध स्थापित भएसँगै गण्डकी प्रज्ञा प्रतिष्ठानले रसियन सांस्कृतिक टोलीलाई पोखरामा निमन्त्रणा गरेको छ । सो निमन्त्रणालाई स्विकार गर्दै डाइरेक्टर मास्लोभले २५ जनाको टोली आगामी कार्तिक २१ पोखरा आउने बताएको प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयाे ।

सांस्कृतिक टोलीको सहभागीतामा कार्तिक २२ गते पोखरामा एक अर्काको संस्कृतिका बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा कार्तिक २३ गते ‘रसियन कल्चर सो’ समेत हुनेछ । यो ‘कल्चरल सो’ मार्फत गण्डकी प्रदेशबासीले रसियन कल्चरको बारेमा जानकारी पाउने प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठको विश्वास छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका