चलचित्र ‘गुलावी’मा ट्रान्सजेन्डरको कथा • Nepal's Trusted Digital Newspaperचलचित्र ‘गुलावी’मा ट्रान्सजेन्डरको कथा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चलचित्र ‘गुलावी’मा ट्रान्सजेन्डरको कथा

चलचित्र ‘गुलावी’मा ट्रान्सजेन्डरको कथा

  • समाचारपाटी
  • मङ्लबार, भदौ २८, २०७९
चलचित्र ‘गुलावी’मा ट्रान्सजेन्डरको कथा

काठमान्डौं । चलचित्र ‘गुलावी’ को छायांकन धम्पुसबाट सुरु भएको छ । निर्देशक समुन्द्र भट्टको कथा र निर्देशन रहेको चलचित्रको शनिबार कास्कीको धम्पुसस्थित श्री सीता बराह मन्दिरमा शुभमुर्हत पूजासहित छायांकन थालीएको हो । दि स्काइ ओसन इन्टरटेन्मेन्ट र अनुपम फिल्मसकाे संयुक्त प्रस्तुति रहेको ‘गुलावी’ मा ट्रान्सजेन्डरको कथा प्रस्तुत गरिदैछ ।

भद्र भुजेल एशेसिएट निर्देशक रहेको चलचित्रमा संचिता लुईँटेल,नाजीर हुसेन,सुशील सिटौला,बिशाल पहाडी,अनुपम श्रेष्ठ (हट्टी नट्टी,सुक्मित तामाङ (घिसिङ),राजा घोषलगायतका कलाकारले अभिनय गर्दैछन् । आलोक शुक्लाको छायांकन,रामकुमार श्रेष्ठ र नाजीरको पटकथा,सम्वाद रहेको चलचित्रको निर्माण नियन्त्रण प्रमुख पुष्कर लामा र निर्माण नियन्त्रक यम ओली रहनुभएकाे छ ।

क्यानडामा चलचित्र निर्देशनसम्बन्धी बिशेष अध्ययन गर्नुभएकी समुन्द्रले ८ बर्षअघि प्रेमकथानक चलचित्र ‘आधा पेज’ बाट निर्देशकका रुपमा डेब्यु गर्नुभएकाे थियाे । ‘गुलावी’ उहाँको दोश्रो चलचित्र हो । समाजीक कथालाई पर्दामा उतार्न लागेकी भट्टले ‘गुलावी’ चलचित्र मात्र नभइ ट्रान्सजेन्डरको वास्तवीक आवाज समेत हुने दावी गर्नुभएकाे छ । झण्डै दुई साता धम्पुस र पोखराको छायांकन गरिने र बाँकी दृश्य काठमान्डौँ आसपासमा खिच्ने सेड्युल रहेको ‘गुलावी’ आगामी फागुनमा दर्शकमाझ ल्याउने योजना निर्माण पक्षको छ ।

g1 g4

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका