लिटिल च्याम्सकी विजेता कृपाको पहिलो गीत ''तिमि सँग एक छिन'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaperलिटिल च्याम्सकी विजेता कृपाको पहिलो गीत ''तिमि सँग एक छिन'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लिटिल च्याम्सकी विजेता कृपाको पहिलो गीत ”तिमि सँग एक छिन” सार्वजनिक (भिडियो)

लिटिल च्याम्सकी विजेता कृपाको पहिलो गीत ”तिमि सँग एक छिन” सार्वजनिक (भिडियो)

  • समाचारपाटी
  • मङ्लबार, भदौ २८, २०७९
लिटिल च्याम्सकी विजेता कृपाको पहिलो गीत ”तिमि सँग एक छिन” सार्वजनिक (भिडियो)

गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स नेपाल’की विजेता कृपा पौडेलको पहिलो म्युजिक भिडियो ”तिमि सँग एक छिन” सार्वजनिक भएको छ । नेपालकै अग्रणी म्युजिक कम्पनी ”म्युजिक नेपाल” सँगको सहकार्यमा उहाँले गीत ल्याउनुभएकाे हाे । गीतकार मन्दिरा ढुंगेलको शब्द रचना ,कल्याण सिंहको सगीत रहेको गीतमा दीक्षित पौडेलको एरेन्ज रहेको छ ।

”तिमि सँग एक छिन”को भिडियोमा उनी आफैले लिड रोलमा अभिनय गर्नुभएकाे छ, भने भिडियोमा उहाँको साथमा सप्रबराज जोशी र कृषा लोहनी अभिनय रहेको छ । गायक राजीव लोहनीले निर्देशन गरेको भिडियोमा भवानी शिल्पकारको क्यामेरा र बिनय दाहालको सम्पादन रहेको भिडियोको सिनेमाटोग्राफर डी ओ पी रवि सायमीले गर्नुभएकाे हाे ।

झापामै रहेर पढाईको साथ साथै गायन , नृत्य,अभिनय ,मेकअपको साथमा कुकिंगमा सौख भएकी कृपा निकट भबिस्यमै आफ्नो गीतसँगीत को ज्ञान बढाउनको लागि म्युजिक कलेज भर्ना हुने तयारीमा हुनुहुन्छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका