नाडा इभी एक्सपो २०२२मा ७ वटा चार पाङ्ग्रे ब्रान्ड, १६ वटा दुई पाङ्ग्रे ब्रान्डसँगै ५१ वटा स्टल र ब्लकहरु रहने • Nepal's Trusted Digital Newspaperनाडा इभी एक्सपो २०२२मा ७ वटा चार पाङ्ग्रे ब्रान्ड, १६ वटा दुई पाङ्ग्रे ब्रान्डसँगै ५१ वटा स्टल र ब्लकहरु रहने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नाडा इभी एक्सपो २०२२मा ७ वटा चार पाङ्ग्रे ब्रान्ड, १६ वटा दुई पाङ्ग्रे ब्रान्डसँगै ५१ वटा स्टल र ब्लकहरु रहने

नाडा इभी एक्सपो २०२२मा ७ वटा चार पाङ्ग्रे ब्रान्ड, १६ वटा दुई पाङ्ग्रे ब्रान्डसँगै ५१ वटा स्टल र ब्लकहरु रहने

  • समाचारपाटी
  • मङ्लबार, भदौ २८, २०७९
नाडा इभी एक्सपो २०२२मा ७ वटा चार पाङ्ग्रे ब्रान्ड, १६ वटा दुई पाङ्ग्रे ब्रान्डसँगै ५१ वटा स्टल र ब्लकहरु रहने

काठमानडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको नाडा इभी एक्सपो २०२२मा जम्मा ५१ वटा स्टल र ब्लकहरु रहने भएको छ ।

नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपालले आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमान्डौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको उक्त एक्स्पोमा ७ वटा ब्रान्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे ब्रान्डको सहभागिता रहने भएको छ ।

त्यस्तै, १६ वटा ब्रान्डका दुई पाङ्ग्रे, ३ वटा ब्रान्डका टायर, २ वटा ब्रान्डका ब्याट्री, ९ वटा कम्पोनेन्ट्स तथा ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको समेत शो एक्स्पोमा सहभागिता रहने भएको हो ।

एक्स्पोलाई बढि जानकारी मूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने एक्स्पो सम्बन्धी समाचार सम्प्रेषणमा सहजताकालागि छुट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था रहेको नाडा इभी एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिनुभयाे ।

त्यस्तै, उक्त एक्स्पोमा वरुण सुरक्षाकालागि फायर सेफ्टी सपोर्टको रुपमा हिटको प्रालि रहने छ । वातावरण एवं इभी सम्बन्धि व्यापक छलफल तथा सूचना प्रवाह गर्नकालागि युएसएड क्लिन एयरले तीन दिनसम्म इभी चौतारी नामक गोष्ठी सन्चालन गर्ने भएको छ । आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सड़क सुरक्षा सम्बन्धी सुसूचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमान्डौँको सूचना कक्ष समेत प्रदर्शनीमा रहने छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन प्रदर्शनी स्थलमा भिड भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन नाडा इभी एक्स्पो समितिले आजकै मितिबाट खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ ।

शोमा सहभागिता जनाउन चाहने इच्छुकले आज देखि असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दरसँगै प्रत्येक टिकट खरिदमा खल्ती एप द्वारा २५ प्रतिशत क्यास ब्याक अफर समेत प्राप्त गर्न सक्नेछन् । ४ दिन सम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४०,००० आगन्तुकहरुले अवलोकन गर्ने आयोजकको विश्वास रहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका